ताजा खाबर :

News

image not found

भीमदत्तमा काँग्रेसको अग्रता कायमै

कञ्चनपुर समाचार
महेन्द्रनगर, १६ असार
कञ्चनपुरको जेठो नगरपालिका भीमदत्तमा नेपाली काँग्रेसको अग्रता बढ्दै गएको छ । निर्वाचन अधिकृतको कार्यालयले बिहान पौने १० वजे सार्वजनिक गरेको मत परिणाममा काँग्रेसले विपक्षी उम्मेदवारसँग अन्तर फराकिलो बनाउँदै लगेका छन् । 
अहिलेसम्म गणना भएका २७ सय ४५ मत मध्ये काँग्रेसका मेयर पदका उम्मेदवार पदम बोगटीले एक हजार ९४ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका सुरेन्द्र विष्टले आठ सय ८९ मत पाएका छन् । यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपाल रसायलीले तीन सय ७० र राप्रपाका उम्मेदवार गजेन्द्रबहादुर चन्दले एक सय ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
उपमेयर पदमा पनि काँग्रेसले अग्रता कायमै राखेको छ । काँग्रेसका तर्फबाट उपमेयर पदका उम्मेदवार सुशिला चन्द सिँहले ११ सय पाँच मत प्राप्त गरेकी छन् । उनलाई एमालेकी माया पन्तले आठ सय ९२ मतसहित पच्छ्याई रहेकी छन् । उपमेयर पदमा माओवादीका नारुदेवी सिँहतीन सय ३२ र राप्रपाका खन्जरादेवी कुँवरले ८१ मत ल्याएकी छन् ।