ताजा खाबर :

News

फर्जी मत भेटिएपछि पुनर्वासमा मतगणना स्थगित

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, १७ असार
कञ्चनपुरको पुनर्वास नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नम्बर १ मा कुल खसेको मतभन्दा एक सय मत बढी फेला परेको दावी गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि मतगणना स्थगित भएको हो । 
वडा नम्बर १ बाट नेकपा एमालेका प्रतापबहादुर चन्द प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरिसकेको छ । फर्जी मत हालेर एमालेका उम्मेदवारलाई विजयी बनाइएको भन्दै काँग्रेस–माओवादीका कार्यकर्ताले मतदान स्थलमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको पुनर्वासबाट पत्रकार दीपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार विवाद समाधान गर्न सर्वदलीय बैठक बसिरहेको छ ।