ताजा खाबर :

News

image not found

भीमदत्तमा काँग्रेस उम्मेदवार बोगटीको अग्रता बढ्दै

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, १७ असार
 
कञ्चनपुरका विभिन्न स्थानीय तहमा उच्च सुरक्षा व्यवस्थाका साथ मतगणना आजपनि जारी छ । निर्वाचन अधिकृतको कार्यालयले शनिबार बेलुकी ५ वजे सार्वजनिक गरेको मत परिणाम अनुसार भीमदत्त नगरपालिकामा नेपाली काँग्रेसले मेयर र उपमेयर पदमा अग्रता कायमै राखेको छ । 
काँग्रेसले मेयर पदमा दुई सय ३८ र उपमेयरमा दुई सय ६३ मतको अग्रता लिएको छ ।प्राप्त मत परिणाम अनुसार काँग्रेसका मेयर पदका उम्मेदवार पदम बोगटीले दुई हजार चार सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका सुरेन्द्र विष्टले दुई हजार दुई सय २७ मतका साथ पच्छ्याई रहनुभएको छ । 
भीमदत्तमा नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गोपाल रसायलीले नौ सय चार र राप्रपाका गजेन्द्रबहादुर चन्दले सात सय १२ मत ल्याउनुभएको छ । यस्तै उपमेयरमा काँग्रेसका सुशिला चन्द सिाहले दुई हजार पाँच सय ५२ मत पाउनुभएको छ । उहाँलाई दुई हजार दुई सय ८९ मतसहित एमालेका माया पन्तले पच्छ्याई रहनुभएको छ । यस्तै माओवादीका नारुदेवी सिँहले आठ सय ७० र राप्रपाका खन्जरादेवी कुँवरले तीन सय ४८ मत ल्याउनुभएको छ ।