ताजा खाबर :

News

image not found

बेलौरीमा माओवादीलाई पछि पार्दै एमाले अग्रस्थानमा

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, १७ असार
 
कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । शनिबार बिहानसम्म अग्रस्थानमा रहेको नेकपा माओवादीलाई तेस्रो स्थानमा झार्दे एमालेले बेलौरी नगरपालिकामा अग्रता लिएको हो । 
शनिबार बेलुकी साढे ५ वजे सार्वजनिक गरिएको मत परिणाम अनुसार एमालेका पल्लवराज भट्टएक हजार नौ सय ५२ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेपाली काँग्रेसका हरेन्द्रसिँह बिष्टले एक हजार पाँच सय ९२ मतले पच्छ्याई रहनुभएको छ । बेलौरीमा माओवादीका पोतीलाल चौधरी एक हजार तीन सय २६ मतसहित तेस्रो स्थानमा अघि बढी रहनुभएको छ । 
यस्तै उपमेयरमा पनि एमाले अग्रस्थानमा रहेको छ । उपमेयरमा एक हजार नौ सय २० मतसहित एमालेका चित्राकुमारी चौधरी अग्रस्थानमा रहनुभएको छ । उहाँलाई काँग्रेसका खीना भण्डारीले एक हजार आठ सय ६८ मतले पच्छ्याई रहँदा माओवादीका राधादेवी कँडेलले एक हजार एक सय २५ मत पाउनुभएको छ ।