ताजा खाबर :

News

कञ्चनपुरको महाकालीमा काँग्रेसका सुनार निर्वाचित

 
सन्तोषराज भट्ट
दोधारा, १८ असार
कञ्चनपुरको महाकाली नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार विजयी भएका छन् । उपमेयरमा भने नेकपा एमालेले बाजी मारेको छ । शनिबार राति सम्पन्न मत गणनानुसार काँग्रेस नेता बीरबहादुर सुनार मेयर पदमा विजयी हुनुभएको हो । 
उहाँले निकटतम् प्रतिद्वन्द्वी एमालेका किशोरकुमार लिम्बूलाई चार सय १८ मतले पाखा लगाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले विजयी काँग्रेस उम्मेदवार सुनारले पाँच हजार एक सय ३४ मत प्राप्त गरेको जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी लिम्बूले चार हजार तीन सय ६१ मत ल्याउनुभएको छ । यस्तै उपमेयरमा निर्वाचित एमालेका चिनी गिरीले पाँच हजार दुई सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका गंगादेवी जोशीले चार हजार तीन सय ६१ मतमा चित्त बुझाउनु परेको छ ।