ताजा खाबर :

News

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका एमालेको कब्जामा

कञ्चनपुर समाचार
महेन्द्रनगर, १९ असार
 
कञ्चनपुरको बेल्डाँडी गाउँ पालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । आइतबार राति सम्पन्न मत गणनामा एमालेका धनबहादुर थापा क्षेत्री गाउँपालिका प्रमुख र कमलादेवी कार्की उपप्रमुख पदमा विजयी हुनुभएको हो । 
प्रमुख पदमा विजयी थापा क्षेत्रीले आप्mना निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्म्ेदवारलाई सात सय १५ र उपप्रमुख पदमा निर्वाचित कार्कीले आप्mना निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै उम्मेदवार कृष्णादेवी गिरीलाई आठ सय ९९ मत अन्तरले पराजित गरेको निर्वाचन अधिकृत टेककुमार रेग्मीले जानकारी दिनुभयो । 
उहाँका अनुसार प्रमुख पदमा विजयी थापा क्षेत्रीले तीन हजार दुई सय २१ पद पाउँदा निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार सिँहले दुई हजार पाँच सय ९६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख पदमा निर्वाचित कार्कीले तीन हजार एक सय ३७ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार गिरीले दुई हजार दुई सय ७५ मत पाउनुभएको छ । बेल्डाँडीमा चार वडामा एमाले र एक वडामा काँग्रेसका वडाध्यक्ष विजयी भएका छन् । 
असार १४ गते सम्पन्न मतदानमा बेल्डाँडी गाउँपालिकामा आठ हजार तीन सय सात मत खसेको थियो । कुल खसेको मत मध्ये दुई सय ८२ मत बदर भएको निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो ।