ताजा खाबर :

News

image not found

कञ्चनपुरमा एसइई परिक्षाको सम्पुर्ण तयारी पुरा

गोकुल जोशी / रेडियो कञ्चनपुर

महेन्द्रनगर,चैत्र ०४ । कञ्चनपुरमा यस वर्षको  एसइई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । यहि चैत्र ८ गतेबाट सुरु हुने एसइई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टले बताउनु भएको हो । परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका आइसकेको र सम्बन्धित केन्द्रमा उत्तरपुस्तिका पु¥याइ सकिएको उहाले बताउनुभयो । कञ्चनपुरबाट  यस वर्षको एसइई परिक्षामा १० हजार ४ सय ९९ परिक्षार्थीले सहभागिता जनाउन लागेका  छन । नियमित तर्फ ९ हजार ८ सय ५३  र एक्जाम्टेडतर्फ ६ सय ४६ परिक्षार्थी परिक्षामा  सहभागी हुने जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । ३१ वटा परीक्षा केन्द्रबाट नियमित र २ वटा परीक्षा केन्द्रबाट एक्जाम्टेड विद्यार्थीले परीक्षा दिने जिल्ला शिक्षा अधिकारी भट्टले बताउनु भयो ।
                  यस्तै परीक्षा आवेदन फाराम भरेकामध्ये कञ्चनपुरमा  २ सय ७१  जना परीक्षार्थी  परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले  जानकारी दिएको छ । शिक्षा नियमावली अनुसार विद्यार्थी विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । शिक्षा विभागले सेन्टअप परीक्षा खारेज गर्दै विद्यालययमा ७५ प्रतिशत हाजिर हुने विद्यार्थीलाई अनिवार्य पास गर्नुपर्ने प्रावधान बनाएको भएपनि सो प्रावधान पूरा नगर्ने विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका जिल्ला शिक्षा अधिकारी बताउनु अमर प्रसाद भट्टले बताउनु भयो ।