ताजा खाबर :

News

image not found

कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनको बिषय पछिल्लो समयमा सेलाएको भन्दै सर्बसाधारणद्धारा चिन्ता ब्यक्त

रेडियो कञ्चनपुर
महेन्द्रनगर,चैत्र,०५
कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनको बिषय पछिल्लो समयमा सेलाएको भन्दै सर्बसाधारणले चिन्ता ब्यक्त गरेका छन । निर्बाचनको समयमा बिभिन्न दलका नेता तथा उमेदबारहरुले बिमानस्थल सञ्चालनको बिषय आफ्नो चुनाबि ऐजेण्डा बनाएको भएपनि त्यस बिषयमा कुनै पहल नभएको भन्दै सर्बसाधारणले चिन्ता ब्यक्त गरेका छन । बिमानस्थल सञ्चालनको मुद्धा कतै दलका नेताहरुले भोटको रुपमा मात्रै प्रयोग गरेका त हाईनन् भन्ने शंका समेत उत्पन्न भएको छ । निर्बाचनको समयमा निर्बाचित भए बिमान स्थल सञ्चालन आफ्नो पहिलो प्राथमिकता रहने भन्दै उमेदबारहरुले चुनाबि प्रतिबद्धता समेत गरेको भएपनि पछिल्लो समय त्यस बिषयमा मुख नखोल्दा सर्बसाधारण चिन्तीत भएको स्थानिय हरी प्रसाद जोशीको भनाई रहेको छ । दुई दशकअघिदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रको पर्यटन व्यवसाय खस्किँदो अवस्थामा समेत पुगेको छ । विमानस्थल सञ्चालन नहुँदा कञ्चनपुरका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् ।हवाई सेवा प्रभावित भएकै कारण यहाँ विदेशी पर्यटकको सङ्ख्या शून्य जस्तै रहेकोे छ । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरिएको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् । हवाई मैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ । हवाई मैदानमा रहेको ‘रन वे’ गाडी सिकारुहरुका लागि प्रशिक्षण केन्द्र बनेको छ । पर्यटन व्यवसाय प्रवद्र्धन गर्नका लागि हवाई यातायात महत्वपूर्ण भएकाले विमानस्थल सञ्चालन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा सुनवाइ नै नभएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गणेशदत्त जोशीले बताउनुभयो । उहाँले हवाई यातायात नभएकै कारण कञ्चनपुरँका व्यवसायीहरुले पर्यटन व्यवसायमा लगानी गर्न नसकेको बताउनुभयो ।कञ्चनपुरका शुक्लाफाँटा वन्यजन्तु आरक्ष, शिद्धबाबा, झिमिला ताल, बेदकोट ताल, विष्णु मन्दिरलगायतका पर्यटकीय क्षेत्र हवाई यातायातका कारण ओझेलमा परेका उहाँले बताउनु भएको छ ।हवाई यातायातको व्यवस्था नहुँदा कञ्चनपुरका पर्यटकिय क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या नगन्य मात्रामा रहने गरेको नेपाल पर्यटन बोर्ड कार्यालय गड्डाचौकीका कर्मचारी स्थानेश्वर लेखकले बताउनुभयो । गत वर्ष सुदूरपश्चिम घुम्ने पर्यटकको सङ्ख्या दुईजना रहेकामा यस वर्षको हालसम्म यहाँ घुम्ने विदेशी पर्यटको सङ्ख्या शून्य रहेको उहाँले बताउनुभयो । पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण रहेकाले बन्द विमानस्थल सञ्चालन गर्न सम्बन्धित निकायले चासो राख्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अवस्थामा रहेको छ । बिमानस्थल अहिले गौ चरनको रुपमा समेत परिणत हुन पुगेको छ । कञ्चनपुरको मझगाउँ बिमानस्थल सुचारुका लागि ससक्त पहल गरी दिन समेत स्थानियबासिन्दा र सरोकारबाला निकायले समेत जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन ।