ताजा खाबर :

News

image not found

घरेलु तथा साना उधोगको कार्यालयका मुख्य प्रशिक्षक कृष्ण देब भट्टको मनपरितन्त्र : कार्यालय समयमा नआउने र कार्यालय

रेडियो कञ्चनपुर
महेन्द्रनगर /  चैत्र ५ गते । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको घरेलु तथा साना उधोगको कार्यालय कञ्चनपुरमा मुख्य प्रशिक्षक कृष्ण देब भट्टको मनपरितन्त्र फस्टाएको छ । कार्यालय समय भन्दा पनि ढिलो गरी कार्यालय आउने र कार्यालय समयमा पनि काम नगर्ने गर्ने गरेको पाईएको हो । आफु केहि दिनमा बडुवा भईरहेको भन्दै कार्यालयबाट सञ्चालनमा रहेका सिममुलक तालीमहरुको अनुगमन तथा कार्यालयको दैनिक कामकाज भन्दा पनि आफ्ना अन्य बिभिन्न काममा लाग्ने गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार घरेलु तथा साना उधोगको कार्यालय कञ्चनपुरका  मुख्य प्रशिक्षक कृष्ण देब भट्टका कञ्चनपुरको एउटा सहकारी संस्थामा पनि आबद्ध भएको र कार्यालय भन्दा पनि सहकारी लगायतका अन्य ठाउका काममा ब्यस्त रहने गरेको बताईएको छ । मुख्य प्रशिक्षक कृष्ण देब भट्टले कार्यालयको दैनिक कामकाजमा समेत मनपरि गर्ने गरेको कार्यालयले बताएको छ । घरेलु तथा साना उधोगको कार्यालय कञ्चनपुरका  मुख्य प्रशिक्षक कृष्ण देब भट्ट दैनिक कार्यालय समय भन्दा पनि ढिलो गरी आउने जनगुनासो बढे पछि कार्यालय प्रमुख खेम प्रसाद चौधरी यस भन्ँदा पहिला ३ पटक स्पष्टीकरण सोधी सकेको बताउनु भएको छ । आफुहरु कार्यालयको कामकाजका लागि आउदा मुख प्रसिक्षक कार्यालयमा नभेटिने गरेको स्थानिय सेवाग्राहि डम्बर बहादुर ओलिले बताउनु भएको छ । भट्ट कार्यालयमा समयमा नपुगेपछि कार्यालयका कर्मचारी र सेवाग्राहिहरुको रहोबरमा हाजिरी रजिष्टरमा गयल समेत लगाएको पाईएको छ । यसैबिच उता प्रशिक्षक भट्टले आफ्नो बचाव गर्नु भएको छ । उहाँले आफु कार्यालय समयमा आउने गरेको दाबि गर्नु भएको छ ।