ताजा खाबर :

News

image not found

महाकाली नगरपालिकामा नेपाली काग्रेंसले कार्यकर्ताहरुलाई प्रशिक्षण गर्ने

पप्पु गुरुङ्ग / रेडियो कञ्चनपुर 
दोधारा चाँदनी,चैत्र ६
महाकाली नगरपालिकामा नेपाली काग्रेंसले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेस पराजय हुनु आन्तरिक व्यवस्थापनको कमी र नेतृत्वले पार्टीलाई चलायमान बनाउन नसकेको कारण पराजय हुनु परेको निष्कर्ष निल्दै नेपाली काग्रेंसले माहाकाली नगरपालिकाका कांग्रेस कार्यकर्ता  तथा आस्था राख्ने सबैलाई प्रंशिक्षण गर्न लागेकोे जनाएको छ । स्थानिय, प्रदेशमा पराजय भएका तथा जितेका प्रतिनिधी, क्रियाशिल, भातृसंगठनहरुलाई प्रशिक्षण गर्न लागेको हो । कार्यकर्ता तथा शुभेच्छुक मार्फत आम जनमानसमा बिगतका दिनहरु देखि माहाकाली नगर क्षेत्रमा काग्रेंसले पहल गरेको बिकास निमार्ण कार्यको सन्देश पुर्याउन यो प्रशिक्षण गर्न लागिएको नेपाली काग्रेंस श्रोतले जानकारी दिएको छ । आज माहाकाली नगरपालिकाको वडा न  ९ मा पुगेका पुर्व मन्त्री तथा नेपाली काग्रेंसका केन्द्रिय सदस्य रमेश लेखकले कांग्रेसले पराजय हुनु परेको मुख्य कारण जनमानसमा नेपाली काग्रेंसले पहल गरेका बिकास निमार्ण कार्यको सन्देश नपुगेको कारण कांग्रेसले पराजय ब्यहोर्नु परेको बताउनु भएको छ । महाकाली नगरपालिकाको प्रत्येक घरदैलोमा पुगेर आफुहरुले गरेको कार्यको समिक्षा गरि रहेको उहाँले बताउनु भयो ।  माहाकाली नगरपालिका क्षेत्रमा निमार्ण भएका र निमार्ण क्रममा रहेका बिकास निमार्ण कार्यमा नेपाली काग्रेंसको योगदान रहेको बताउदै आम जनतामा काग्रेंसले गरेको कार्यको सन्देश पुगाउन कार्यकर्ता तथा शुभेच्छुकलाई प्रशिक्षण दिन लागिएको बताईएको छ् । चाँदनी र दोधारामा पुल र बाँध निर्माण, बाढी नियन्त्रण र सुक्खा बन्दरगाहा बनाउन काग्रेंसले उल्लेख्य भूमिका खेलेका उहाँको दाबी रहेको छ । भौतिक योजना तथा यातायात मन्त्रीको भूमिका निर्वाह गरिसकेका नेता लेखकले दैजी, बेलडाँडी, पुनर्वास हुलाकी सडकको काम, जिल्लामा एक वर्षमै ४२ पुल निर्माण कार्य, चाँदनी र दोधारा संगै भीमदत्त नगरपालिकाको विकासका लागि काग्रेंसले खेलेको भूमिका सार्वजनिकरण बुकलेटमा उल्लेख गरिएको बताईएको छ् । नेपाली काग्रेंस पार्टी कार्यालय दोधारा र पार्टी कार्यालय चाँदनीमा छुट्टाछुटै प्रशिक्षण कार्यक्रम तय गरिएको बताईएको छ् । बिहान १० बजे चाँदनी पार्टी कार्यालयमा र अपरान्ह ३ बजे दोधारा नेपाली काग्रेंसको पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम तय गरिएको नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्टले जानकारी दिनु भयो ।  नेपाली काग्रेंसले संगठनलाई अझ सशक्त, बलियो बनाउनको लागी माहाकाली नगर क्षेत्रमा आगामी दिनहरुमा अझ ब्यापक कार्यक्रम संचालन गर्दै जाने उहाँले बताउनु भयो ।  दुई साता देखि माहाकाली नगरपालिकाको प्रत्येक घरदैलोमा आमजनता संग नेता लेखक लगाएत स्थानिय तथा जिल्लाका नेताहरु भेटघाटमा ब्यस्त रहदै आएका छन् ।