ताजा खाबर :

News

image not found

लालझाडी गाँउपालिकमा आगलागी हुँदा १ लाख ९० हजार मुल्य बराबरको क्षती

गोकुल जोशी / रेडियो कञ्चनपुर 
महेन्द्रनगर, चैत्र ०६ गते । कञ्चनपुरको  लालझाडी गाउपालिका वडा नं. ५ देखतभुलीको  एउटा घरमा आगलागी भएको छ । लालझाडी गाउपालिका वडा नं. ५ देखतभुलीमा रहेको  लाल बहादुर थापाको १ तले टायलले छाएको कच्ची घरमा बिजुलीको तार  सर्ट भई आगलागी भएको हो । गए राति भएको आगलागीले  घरको काठ लगायतका अन्य  रु. १ लाख ९० हजार मुल्य बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय गुलरीयाका  प्रहरी नायव निरीक्षक भान देब भट्टराईले जानकारी दिनु भयो । मानविय क्षती भने नभएको  उहाँले बताउनु भयो ।  गोठ भित्र रहेका १ बाख्रा र १ भैसीको  जली मृत्यु भएको कञ्चनपुर प्रहरीले  बताएको छ । ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटीएको प्रहरी टोली, स्थानिय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।