ताजा खाबर :

News

image not found

भिटौलो पर्व : दीदीबहिनीहरुलाई भेट्न दाजुभाईहरु ब्यस्त

गोकुल जोशी / रेडियो कञ्चनपुर 
महेन्द्रनगर , चैत्र ०९ गते । चैत महिना शुरुभएसंगै कञ्चनपुर सहित प्रदेश नम्बर ७ मा भिटौलो पर्वमा दाजुभाईहरु व्यस्त भएका छन ।  प्राचिन समय देखि नै चल्दै आएको  चलन अनुसार दीदीबहिनीहरुलाई भेट्ने कार्यक्रममा दाजुभाईहरु व्यस्त भएका हुन ।  भाइ बैनीको प्रेम पर्व ‘भिटौलो’ खास गरेर कञ्चनपुर सहित पहाडि जिल्ला बैतडी, दार्चुला र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीहरुलाई माइती पक्षका तर्फबाट दाजुभाईहरुले भेट्ने चलन रहेको स्थानीय जानकाहरुले बताएका छन् । पुर्खैली घर बैतडी र  दार्चुला भई   कञ्चनपुरमा बसोबास गर्दै आएका दाजु भाईहरु आफ्नो दीदीबहिनीहरुलाई भट्नमा ब्यस्त रहेका  हुन । खडेरीको महिनाको रुपमा रहेको चैत महिनामा  भण्डारण गरेर राखेको खाद्यान्न सकिएर जाने हुनाले चेलीबेटीहरुलाई माईतीहरुले खानेकुरा लगेर भेट्ने चलन रही आएको स्थानिय जानकारहरुले बताएका छन ।  भारतको कुमाउँमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछी व्यस्तताका कारण भेट्न नपाएको सत्य कथा संग यो भिटौलो अर्थात् चेलीबेटीहरुलाई भेट्ने चलन जोडिएको बिश्वास गरिएको छ ।  दाजुले आफ्नी बहिनीलाई भेट्न नसकेपछी बहिनी भोकले मरेको र पछी सबै दाजुभाईले आफ्नी दिदीबहिनीलाई चैत महिनाभरी अनिवार्य रुपमा भेट्ने चलन रहीआएको हो । चैत्र  महिनाभरी एकरात दिदिबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाई र दिदीबहिनी बहिनीको सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने  गरेको छ ।  दाजुभाई नभएकाहरुका दिदीबहिनीहरुलाई नजिकका दाजुभाईहरुले भेट्ने चलन रही आएको छ । अहिले गाउँ देखि शहरसम्म दिदीबहिनीहरुलाई भेट्न जानेको चहल पहल बढेको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पनि अहिले सामान्य भन्दा मानिसको चाप बढेको छ । सामाजिक मूल्य, मान्यता, आदर्श आदिका संवाहक यस्ता किसिमका संस्कृति जीवन्त राख्नुपर्ने संस्कृतिका जानकारहरुले बताएका छन् ।