ताजा खाबर :

News

image not found

आगलागी : २ गोठ जली नष्ट

गोकुल जोशी / रेडियो कञ्चनपुर 
महेन्द्रनगर , चैत्र ०९ गते । कञ्चनपुरको लालझाडी गाँउपालिकामा  आगलागी हुँदा  २ वटा गोठ जली नष्ट भएका छन । लालझाडी गाउपालिका वडा नं. ३ पर्सिया बस्ने राम कुमार रानाको कच्ची गाई गोठ र संगै जोडिएको  सोनु रानाको कच्ची गोठमा शुक्रबार भएको  आगालागीले २ वटा गोठ जली नष्ट भएका हुन । आगलागीले सोनु रानाको १ वटा गाई जली घाईते  हुनुका साथै अन्दाजी रु. १ लाख ३० हजार मुल्य बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय शंकरपुरले जानकारी दिएको छ । कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले बताउनु भयो । शुक्रवार दिउँसो ४ः३० बजे भएको आगलागी स्थानियबासी र प्रहरीको सहयोगमा ५ बजे  पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।