ताजा खाबर :

News

image not found

आइतबार देखि बेदकोट ४ बैतडामा श्रीमद्भागवत सप्ताह ज्ञान तथा धार्मिक महोत्सव २०७४ हुने

गोकुल जोशी / रेडियो कञ्चनपुर 
महेन्द्रनगर , चैत्र १० । कञ्चनपुरको बेदकोट नगरपालिका ४ बैतडामा आइतबार देखि  श्रीमद्भागवत सप्ताह ज्ञान तथा धार्मिक  महोत्सव २०७४ हुने भएको छ । घटाल मन्दिर तथा  शिव मन्दिरको सर्वाङ्गीण विकासका लागी बेदकोट नगरपालिका ४ बैतडाको घटाल थान प्राङगणमा श्रीमद् भागवत सप्ताह  हुने भएको हो । श्रीमद्भागवत सप्ताहको आइतबार दिउँसो २ बजे प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक मुल समारोह समितिका अध्यक्ष मिन बहादुर साँउदले जानकारी दिनु भयो । यस अघि आइतबार बिहान ७ बजे पञ्चकलश यात्रा तथा बिहान १० बजे कलश यात्रा हुने उहाँले बताउनु भएको छ ।   घटाल मन्दिरलाई  धार्मिक रुपमा विकास गर्नुका साथै धार्मिक पर्यटक एंव धर्म सस्कृतिको उत्थानको  लागि श्रीमद् भागवत सप्ताहको आयोजना गरिएको अध्यक्ष साँउदले बताउनु भयो । श्रीमद् भागवत सप्ताहमा  योग विज्ञान शिविर, पुजापाठ, श्रीमद्भागवत कथा प्रवचन, पौराणिक वाङमयम वर्णित भजन र्कितन गरिने छन । उक्त कार्यक्रम चैत्र ११ गतेदेखि  सुरु भई चैत्र १८ गतेसम्म संचालन हुने छ । आठ  दिन सम्म चल्ने श्रीमद् भागवत सप्ताह ज्ञान तथा धार्मिक महोत्सवमा  राष्ट्रिय कथा वाचक तथा सनातन हिन्दु संस्कृतिका संकल्पकर्ता श्री भगवत शरण महाराज जी ले संगीतमय श्रीमद्भागवत सप्ताहको कथा वाचन गर्ने तथा योग गुरु गोविन्द प्रसाद बोहराद्धारा योग विज्ञान शिविर संञ्चालन हुने आयोजक  मुल समारोह समितिले जानकारी दिएको छ ।   श्रीमद् भागवत सप्ताह ज्ञान तथा धार्मिक  महोत्सवको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष साँउदले बताउनु भएको छ । सप्ताहमा  सहभागिताका लागी मुल आयोजक समितिले सम्पुर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।