ताजा खाबर :

News

image not found

महाकाली नगरपालिकामा चितुवाको आक्रमंण : २ जना घाईते

गोकुल जोशी / रेडियो कञ्चनपुर 
महेन्द्रनगर , चैत्र १२ गते  
कञ्चनपुरको महाकाली नगरपालिकामा चितुवाको आक्रमंणबाट दुई जना  घाईते भएका छन । महाकली नगरपालिकाको  वडा नं. १० शान्तिटोल स्थित उखु बारी नजिकमा .बस्ने  ३८ वर्षका बिरेन्द्र शाही र सोहि ठाँउ बस्ने ४५ बर्षका डम्मर शाही घाइते भएका हुन । चितुवाको आक्रमणमा परी  दुवैको हात खुट्टा र मुख  चिथोरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनु भयो । घाइते दुबैको स्वास्थ्य चौकी दोधारामा उपचार भइरहेको उहाँले बताउनु भयो । उनिहरुको  अवस्था सामान्य रहेको छ ।