ताजा खाबर :

News

image not found

नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरको छैटौ जिल्ला अधिवेशन सुरु

रेडियो कञ्चनपुर 
महेन्द्रनगर / चैत्र १४ गते । नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरको छैटौ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज बाट सुरु भएको अधिबेसनले नयाँ नेतृत्व चयन र भावी रणनिति तय गर्ने समेत भएको छ । बिं.सं २००३ सालमा स्वं. गिरीजा प्रसाद कोईरालाको नेतृत्वमा गठन भएको नेपाल मजदुर  संघले श्रमिकहरुको वकालत गदै आएको कार्यक्रममा बोल्ने अधिकान्स बक्ताहरुले बताएका छन । उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरी प्रसाद बोहराले नेपाली कांग्रेस सदैब श्रमिक तथा मजदुरहरुको पक्षमा वकालत गर्ने पार्टि भएको बताउनु भएको छ । उहाँले नेपालमा श्रमिकहरुको पक्षमा पहिलो पटक नेपाल मजुदर संघको गठन गरेर कांग्रेसले वकालत गरेको भन्दै उहाँले श्रमिक र श्रमजिवि ब्यक्तिहरुको पक्षमा सदैब काम गर्न आफुहरु तत्पर रहेको बताउनु भएको छ । समाजको बिकासका लागि श्रमीकहरुको महत्वपुर्ण योगदान रहेको भन्दै सभापति बोहराले श्रमिकहरुको विकासका लागि राज्य र सम्बन्धित निकायले समेत नयाँ अबधारणा र कार्यनिति ल्याउनु आबश्यक रहेको बताउनु भएको छ  । फरक प्रसंगमा उहाँले नेपाली कांग्रेस भित्र अनुसासनको खाचोँरहेको र अनुसासित भएर अगाडि बढ्न सबै भातृ तथा शुभेच्छुक संघसंगठनलाई आग्रह गर्नु भएको छ । कांग्रेस कञ्चनपुरका सभापति बोहराले आजको दिनमा सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नु आबश्यक रहेको बताउनु भएको छ । यस्तै नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य उदय प्रकास साउदले स्वदेस तथा बिदेसमा रहेर आफ्नो श्रम बेचेर जिविकोपार्जन गरीरहेका ब्यक्तिहरुको हक र अधिकारका लागि ससक्त आवाज उठाउनु पर्ने बताउनु भएको छ । नेपाली श्रमिकहरुको हकहितका लागि ससक्त आवाज उठाउदै आएको नेपाल ट्रेड युनियन कांग्रेससंग कांग्रेस सम्बद्ध २५ बटा शुभेच्छुक श्रमजिवि संस्थाहरु आबद्ध रहेको उहाँले बताउनु भएको छ । ५५ हजार भन्दा बढि नेपाली रोजगारीका शिलशिलामा  बिदेस रहेको उल्लेख गर्दै उहाँले दैनिक बिदेसबाट एक जना नेपाली मृत अबस्थामा नेपाल पुगीरहेकोले यस तर्फ सरोकारवाला निकायहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ । उद्घाटन समारोहमा बोल्ने अधिकान्स ब्यक्तिहरुले सहमतिमा नै नेतृत्व चयन गर्न सुझाब दिएका छन । कार्यक्रमका कांग्रेस सम्बद्ध श्रमजिबि संस्थाका ब्यक्तिहरु , कांग्रेस कञ्चनपुरका पदाधिकारी, सुभेच्छुक संस्थाका ब्यक्तित्वहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरका पुर्ब अध्यक्ष लगायत बिभिन्न क्षेत्रका ११ जनालाई सम्मान गरीएको छ ।