ताजा खाबर :

News

image not found

आफ्नै मुखमा आगो लगाउदा जलेर घाईते

पप्पु गुरुङ्ग / रेडियो कञ्चनपुर 
दोधारा चाँदनी , चैत्र १४ गते कञ्चनपुरको महाकाली नगरपालिकामा  एक युवकले मुखमा पेट्रोल हाली चटक देखाउदा जलेर घाईते भएका छन् । महाकाली नगरपालिका वडा नं. १, गिरी टोल बस्ने बर्ष ३५ को दमन गिरिले मादक पदार्थ सेवन गरि बुधबार आफ्नै मुखमा आगो लगाउदा जलेर घाईते भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभएको छ् । मदिराले लठ्ठ भएका गिरिले भुपेन्द्र खड्काको मोटरसाईकलबाट पेट्रोल निकाली मुखमा राखी आफैले सलाई कोरी आगो लगाएको प्रहरीले जनाएको छ । गिरिलाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा लगिएको र थप उपचारको लागी सिमावर्ती भारतिय शहर खटिमामा लगिएको बताईएको छ । आगोले उनको मुख, छातीमा पोलिएको प्रहरीले जनाएको छ ।