ताजा खाबर :

News

image not found

महाकालीमा छाउपडी प्रथा अझै कायमै

पप्पु गुरुङ्ग / रेडियो कञ्चनपुर 
दोधारा , चैत्र १४ गते । कञ्चनपुरको महाकाली नगरपालिकाको  ग्रामीण भेगमा अझै छाउपडी प्रथा कायमै रहेको पाइएको छ् । माहाकालीको बिभिन्न क्षेत्रमा महिलाले महिनावारी तथा सुत्केरी हुदा छाउ (गोठ) मा बस्नु पर्ने बाध्यता रहेको पाइएको हो । यस्तो बेलामा सुत्केरी वा महिनावारी भएकी महिलाहरुले घर भन्दा केही पर बनाइएको छाप्रोमा राख्ने प्रचलन रहेको छ् । उक्त गोठलाई स्थानीय भाषामा ‘छाउपडी कुडी’ भन्ने गरिएको छ । महिनावारी अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरुलाई कसैले छुन नहुने र घर परिवार देखि अलग्गिएर बस्नु पर्ने परम्पराका कारण त्यस क्षेत्रका महिलाहरुको स्वास्थ्य समेत जोखिममा पर्दै आएको छ । छाउपडी  प्रथाका कारण घर बाहिर बसिरहेका बेला महिला माथि विभिन्न किसिमका हिंसा समेत हुनसक्ने स्थानिय गंगा जोशीले बताइन ।  ‘माहाकाली नगरपालिका क्षेत्रमा अझै पनि यो प्रथा कायमै छ’ गंगा जोशीले भनिन् । यस्तो चलन विशेष गरेर बाहुन, क्षत्री, ठकुरी र दलित परिवारका महिलामा बढी देखिएको छ् । सुत्केरी भएको २२ दिन तथा महिनावारी भएको पाँच देखि सात दिन सम्म उनीहरुलाई घर देखि टाढाको छाप्रोमा राखिने भएकाले उनीहरु असुरक्षित हुने गरेका छन । महिनावारी अथवा सुत्केरी भएका बेला छाउ गोठमा राखिने तथा खुला ठाँउमा दिसा पिसाव गर्नु पर्ने भएकाले स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ । माहाकालीको वडा नं. १ देखि १० सम्मका बस्तीहरुमा यो प्रचलन अझै पनि कायमै रहेको बताईएको छ । बालविवाह हुने, छाउपडी प्रथा मान्ने चलन देखि लिएर अन्य विद्यालय जान समेत छात्राहरुले जान नपाएको घटना समेत अझै कायम रहिआएको बताईन्छ । महिनावारी भइसके पछि जथाभावी गर्दा कुल पित्र लाग्ने, भविष्यमा नराम्रो हुने, परिवारमा अशान्ति फैलिने र आफुलाई देवीले श्राप दिने अन्धविश्वास महिलामा रहेको कारण छाउपडी प्रथा कायमै रहेको बताईएको छ ।