ताजा खाबर :

News

image not found

नेकपा विप्लव समुहद्धारा कञ्चनपुरका जनप्रतिनिधीको राजिनामा माग

रेडियो कञ्चनपुर 
महेन्द्रनगर , चैत्र १५ गते नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले कञ्चनपुरका जनप्रतिनिधीको राजिनामा माग गरेको छ । विप्लवको जनसरकार कञ्चनपुरले जिल्लाका जनप्रतिनिधीको राजिनामाको माग राख्दै पत्र पठाएको छ । आज नेकपा निकट जिल्ला जनसरकारले जिल्ला समन्वय समिति, महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, पुर्नवास नगरपालिका र बेल्डाँडी , लालझाडी गाउँपालिकामा लिखित रुपमै पत्र बुझाएर राजिनामा माग गरेको हो । नेकपा कञ्चनपुरका कार्यालय सचिव बिरेन्द्र शाहले स्थानीय तहले जनतालाई सेवा सुविधा दिनुको साटो जनताको टाउकोमा करभार थुपारेका कारण राजिनामाको माग गरेर पत्र बुझाएको बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले एक व्यक्ति आएर आफ्नो कार्यालयमा पत्र बुझाएर गएको बताए । कसैले व्यक्ति समुहले जनप्रतिनधीलाई राजिमाना दिउ भनेर पत्र दिदैमा केही नहुँदैने जिल्ला समन्वय समिति प्रमुख तामाङ्गले बताउनु भएको छ । कुनै विषयमा छलफल गर्नुपर्ने भए सम्वाद गर्न सकिने भन्दै पत्रका माध्यमबाट राजिनामा माग्नु उचित नहुने उनको रहेको छ ।