ताजा खाबर :

News

image not found

सञ्चारकर्मीसंग सरसफाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

रेडियो कञ्चनपुर
महेन्द्रनगर,चैत्र १५ गते । कञ्चनपुर जिल्लालाई पुर्णसरसफाई युक्त जिल्ला बनाउन सबैको सहयोगको आबश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । कञ्चनपुरका संचारकर्मीसंग सरसफाई अभिमुखिकरण कार्यक्रममा बोल्दै जिल्ला खानेपानि तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख मोहन कुँवरले कञ्चनपुरलाई सरसफाई युक्त जिल्ला बनाउन जिल्ला सरोकारबाला निकाय, सञ्चारकर्मि तथा सर्बसाधारणको सहयोगको आबश्यकता रहेको बताउनु भएको छ । स्वस्थ ब्यक्ति हुदै समाजको निर्माणका लागि सफा खानेपानि र सरसफाईको महत्वपुर्ण आबश्यकता रहेको उहाँले बताउनु भएको छ । आज खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चनपुरले संचारकर्मीसंग अभिमुखिकरण गरिएको छ  । जिल्लालाई पुर्ण सरसफाई अवस्था घोषणा गर्नको तयारी स्वरुप सरसफाई सम्बन्धी अभिमुखिकरण गरिएको हो । जिल्लालाई खुलादिशामुक्त घोषणा गरेसंगै अब पुर्ण सरसफाई उन्मुख बनाउन पहल गरिने छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख मोहन कुँवर र शाखा अधिकृत गौराज बहादुर लिम्बुले कार्यपत्र प्रस्तुत गर्दै पुर्ण सरसफाई उन्मुख बनाउनका लागि संचारकर्मीको महत्वपुर्ण भूमिका हुने बताउनु भएको छ । उहाँका अनुसार पुर्ण सरसफाई उन्मुख जिल्ला घोषणा गर्नका लागि विभिन्न ६ सुचक पुरा गर्नुपर्ने बताउनु भएको छ । योजना तर्जुमा, पानीको उचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरयासी एव संस्थागत सरसफाई र वातावरण सरसफाई रहेका छन् । रणनीतिक योजना बनाएर कञ्चनपुरलाई समेत सरसफाई गर्ने खानेपानी कार्यालय कञ्चनपुरको तयारी रहेको  छ ।