ताजा खाबर :

News

image not found

जय देश, जय नेपाल !

  • मनोज भट्ट/ विचार

हामि भनिरहेका छौ देशमा बिकास हुदै छ देशको गति फेरिदैछ मुहार फेरिदै छ । नेपालीहरुको गुणस्तर बृद्धि हुदै छ १ होइन तर यहा केबल विकासका नाममा अपवाह फैलाइदै छ । समाज झन धरापमा पर्दै गइरहेको छ दिन प्रति दिन ।
आज भोली होइन सदियौ सदियौ देखि चल्दै चलाउदै आएको पुरातनबादि बिचारहरु नै हावि हुदैछन । व्याक्ति तिनै, वैतिकता तिनै विचार पुरानै अनि कसरी हुन्छ विका
एस रु कसरी पाउछन नयाँ पिडिका व्याक्तिहरुले अवरसर र ?
 
अनि कसरी फेरिन्छ देशको मुहार । सत्ताको भत्ता बटुल्ने असक्षम र जनविकासको धारणा फिटिक्कै नि नभएका पटक पटक सत्ताको रस चाख्न पल्केका नेत्तृत्व खोज्ने अबसरबादिहरुले नै गर्दा खेरी प्रत्येक सेकेण्ड सेकेण्डमा देश पछाडि धकेलिरहेको छ । 
 
हो जब तत्कालैको नि कुरा गरौ भरखरै मात्र पनि हामीले छानेका जनप्रतिनिधीहरु कत्तीका दक्ष छन र जनताका कुरा सुन्छन विकास निर्माणमा काममा लगातार जुटिरहेका छन । राम्रा भन्दा नि हाम्रा भन्दै पार्टीका कार्यक्रताहरु लाई टिकट दिइयो अनि हामिले पनि उनकै चिल्ला कुराको जालमा परेर भारि मतले जिताइदियौ र आज उनिहरु के गर्दै छन रु कोही मदिरापान गरेर कार्यालयमा टिल्ल अबस्थामा भेटिन्छन कोही घुष लिदालिदै पक्राउ परिरहेका छन । कोहि बलत्कारी छन कोही गुण्डा फरार नाइके छन ।
 
अनि कोही चाहि आफ्नै घर नजिकै रहेकी बहिनी छोरीलाई आफ्नो पदको धम्की देखाउदै बोक्सीको आरोपमा र्निघात कुटपिट गरिरहेछन । अनि कसरी हामी ढुक्क हुन सक्छौ हामीले छानेका सब्बै जनप्रतिनिधीहरु बौद्धिक र क्षमतावान छन, विकासवादि र दुरदर्शि छन भनेर । जबकि आफुले नै छानेका नेताहरुबाट आफै असुरक्षित भइन्छ । अनि मनभरि डर त्रास र भय बोकि अनि भन्छौ जय देश, जय नेपाल १
फोटो : ‘ओहिरो’९भिडियो०