ताजा खाबर :

News

image not found

सुख्खा बन्दरगाहको सर्वे टोलीको गाडीमा तोडफोड

त्रिभुवन भण्डारी / रेडियो कञ्चनपुर
महेन्द्रनगर , चैत्र १५ गते । कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाहको सर्वेका लागि गएको सर्वे टोलीको गाडीमा स्थानियले तोडफोड गरेका छन । महाकाली नगरपालिकाको बडा नम्बर ७ कञ्चभोजमा सुख्खा  बन्दरगाहको सर्वेका लागी गएको नेपाल भारतको सर्वे टोलीको २ ओटा गाडीमा स्थानियले तोडफोड गरेका हुन । सुक्का बन्दरगाहले आफुहरुलाई त्यस ठाँउबाट बिस्थापित गरिने  भनिए पछि त्यसको प्रतिकार स्वरुप  सर्वे टोलीको गाडीमा तोडफोड गरेको स्थानियहरुले बताएका छन ।
 
आफुहरुलाई खबर नै नगरी सर्वे गर्न लागीएकाले बिरोध गर्न बाध्य  भएको स्थानियले बताएका हुन । आफुहरुको उचित ब्यबस्थापन गर्ने भनि  लिखित सम्झौता  नहुञ्जेल सम्म सर्वेको कार्य गर्न नदिइने स्थानियहरुको भनाइ रहेको छ ।  महाकाली नगरपालिकाको  बडा नम्बर ७ कञ्चभोज केहि समय तनावपूर्ण भएको थियो ।