ताजा खाबर :

News

image not found

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

रेडियो कञ्चनपुर
महेन्द्रनगर/चैत्र १६ गते । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । 
 
दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताउनुभयो । 
 
 मुख र छाती जलेर गम्भीर अवस्था  भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुर्र्याइएको र उपचारकै क्रममा राति १२ बजेको समयमा उनको मृत्यु भएको उहाँले बताउनु भयो । छोरा बुहारी लामो समयदेखि घरमा नहुँदा चौधरी एक्लै बस्दै आएका थिए । साभारःरासस