ताजा खाबर :

News

image not found

राष्ट्रिय तेक्वान्दो संघ कञ्चनपुरको अध्यक्षमा पाण्डे

गोकुल जोशी/रेडियो कञ्चनपुर 
महेन्द्रनगर,चैत्र १७ गते । राष्ट्रिय तेक्वान्दो संघ नेपालको कञ्चनपुर जिल्ला कार्य समिति गठन भएको छ । महेन्द्रनगरमा भएको राष्ट्रिय तेक्वान्दो संघ नेपालको पहिलो भेलाले  देवराज पाण्डेको अध्यक्षतामा कञ्चनपुर जिल्ला कार्य समिति गठन गरिएको हो । 
                                       
भिमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको सभापतित्वमा भएको संघको भेलाले १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको बताइएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा राजेज्द्र कुमार भण्डारी तथा उपाध्यक्षमा ओमकार पन्त  र सिद्धराज बोहरा रहेका छन । 
 यस्तै सचिवमा चन्द्रदेव जोशी तथा सह सचिवमा धनिराम चौधरी रहेका छन । समितिको कोषाध्यक्षमा कमला राना रहदा सदस्यहरुमा शिशिर थापा,मदन सिँह साउँद,जयराज जोशी,हेमा कार्की,जेनित चुनारा,रामुलाल चौधरी रहेका छन ।