ताजा खाबर :

News

image not found

८३ हजार भारतिय नक्कली रुपयाँ सहित पक्राउ

त्रिभुवन भण्डारी/रेडियो कञ्चनपुर
महेन्द्रनगर,चैत्र १७ गते । भारतिय नक्कली रुपयाँ सहित कञ्चनपुरको  महेन्द्रनगरमा एक युवा पक्राउ परेका छन । ८३ हजार एक सय भारतिय नक्कली रुपयाँ सहित बझाङ कैलास गाउपालिका वडा नं. ५ लेकडाडा बस्ने १८ बर्षका दिपक शाही पक्राउ परेको हुन । 
                                  उनको साथबाट  भारतिय रु २००० का ४१ थान, रु ५०० का १ थान, रु २०० का १ थान, रु १०० का ४ थान गरि जम्मा रु ८३  हजार एक सय बराबरको परिमाणका भारतिय नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताउनु भएको छ । महेन्द्रनगर बसपार्कको एक  होटलमा  शंका लागी  चेक जांच गर्दा उक्त परिणामको नक्कली नोट सहित उनलाई  पक्राउ गरिएको उहाँले बताउनु भयो  ।
                 शाही भारतको राजस्थान उदयपुरबाट मजदुरी गरि घर फर्कदै गरेको कञ्चनपुर  प्रहरीले बताएको छ । उनलाई  नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।