ताजा खाबर :

News

image not found

चैत्र २१ गतेदेखि बृहत योग शिविर

रेडियो कञ्चनपुर 
महेन्द्रनगर/चैत्र १९ गते
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको  खुल्ला मञ्चमा यहि चैत्र २१ गतेदेखि बृहत योग शिविरको आयोजना गरीएको छ । भिमदत्त नगरपालिकाको विशेष सहयोग तथा पंतजलि योग समिति कंचनपुरको आयोजनामा वृहत योग तथा आयूर्वेद शिविरको आयोजना गरीएको मुख्य योग शिक्षक तथा पंतजलि नेपालका केन्द्रीय सदस्य लवराज भट्टले जानकारी दिनु भएको छ ।
 
 वृहत योग तथा आयूर्वेद शिविर चैत्र २१ गते देखि चैत्र २५ गते सम्म संचालन हुने समेत उहाँको भनाई छ । अहिले को समय मा नियमित योग ,आसन, प्राणायाम नगरे निरोगी रही बाच्न कठिन रहेको बर्तमान समयमा हामी पनि योग गरौ अरूलाई पनि योग गराऔ भन्ने उदेश्यका साथ बृहत योग शिबिरको आयोजना गरीएको उहाले बताउनु भएको छ । वृहत योग शिविरलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न  का लागि भिमदत्त नगरपालिका वडा ४ का बडा अध्यक्ष लक्ष्मी दत्त बोहरा को संयोजक्त्वमा मुल आयोजक समिति गठन समेत गठन गरीएको छ ।
 
  त्यर्सै गरी अन्य समितिहरुमा प्रचारप्रसार समिति संयोजक वडा ४ का सदस्य ईश्वरी जोशी, र व्यवस्थापन समिति संयोजकमा वडा ४ का सदस्य शुशील भट्टलाई जिम्मेबारी दिईएको छ । योग शिविर बर्तमान समयमा सबैका लागी अनिवार्य रहेकोले शिविरमा सहभागिताका लागि सबैलाई आम सर्बसाधारण , बालबच्चा देखि बृद्धबृद्धा तथा अन्य सबै क्षेत्रका ब्यक्तिहरुलाई आमन्त्रण समेत गरीएको मुख्य प्रशिक्षक लब देब भट्टले बताउनु भएको छ ।  चैत्र २१ देखि चैत्र २५ सम्म योग शिबिर दैनिक बिहान ५ बजे देखि बिहान ७ बजे सम्म सञ्चालन हुने आयोजकले बताएको छ ।