ताजा खाबर :

News

image not found

महाकाली अञ्चल अस्पतालको समस्याप्रति जनप्रतिनिधि मुख दर्शक

रेडियो कञ्चनपुर 
महेन्द्रनगर/चैत्र २२ गते
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालको अवस्था दिन प्रति दिन  दयनिय हुँदा पनि जनप्रतिधि भने मौन बसेका छन । 
 
अस्पतालमा बिशेषज्ञ चिकित्सकको अभाबमा ओपिडि सेवा लगायतका अन्य सेवा बन्द हँुदा सम्म पनि जनप्रतिनिधि मौन बसेको भन्दै सर्बसाधारणले चिन्ता ब्यक्त गरेका  हुन । स्थानिय हुँदै, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा मुख्य चुनावी एजेण्डा  बनाएका कञ्चनपुरका प्रदेश  तथा प्रतिनिधि सभाका सभासद महाकाली अञ्चल अस्पतालको मुद्दामा मुखदर्शक बनेर बसेको  स्थानिय सर्वसाधारणको भनाई रहेको छ । अस्पतालमा २१ जना बिशेषज्ञ डाक्टरको दरबन्दि भएपनि अहिले ६ जना मात्रै चिकित्सक रहेका छन । तर भएका डाक्टर पनि  बिदामा रहदा सेवा गा्रही समस्यामा परेका  छन । 
 
 ओपिडि सेवा सञ्चालनका लागी आवश्यक पर्ने विशेषज्ञ डाक्टर नभएका कारण ओपिडि सेवा सञ्चालन गर्न समस्या भएपछि अस्पतालको ओपिडि सेवा ५ दिन देखि बन्द रहेको छ । निर्र्वाचनको समयमा प्रतिनिधि सभा सदस्य दिपक प्रकाश भट्टले महाकाली अञ्चल अस्पताललाई मेडिकल कलेज बनाउन्छु भन्दै गाउँ गाउँमा ठुलै गफ दिएका भएपनि अहिले सम्म महाकाली अञ्चल अस्पतालको स्तरोन्नतिको लागि सिन्को सम्म भाँच्न नसकेको  भन्दै कञ्चनपुरका सर्बसाधारणले चिन्ता ब्यक्त गरेका छन ।
 
 अर्का तर्फ आफुहरु पनि महाकाली अञ्चल अस्पतालको विकास र स्तरोन्नतिका लागि पछि नपर्ने भन्दै हिडेका तथा प्रदेश सांसादहरु मान बहादुर सुनार र प्रकास रावलले पनि कुनै पहल नगरेको सर्वसाधारणको भनाई रहेको छ । आफुहरु निर्वाचित भए कञ्चनपुरको अञ्चल अस्पताललाई अस्पताल मात्रै होईन मेडिकल कलेज बनाउछु भन्दै हिँडेका सांसादहरुले अहिले आएर तै चुप  र मै चुप गर्नु खुलेआम जनताको मतको अपमान गर्नु र आँखामा निर्वाचनको समयमा  धुल छरेको जस्तै भएको समेत कञ्चनपुरका स्थानिय सर्वसाधारणको ठम्याई रहेको छ । 
 
आश्वासनका पोका मात्रै बाँड्न जानेका प्रतिनिधिसभा सदस्य दिपक प्रकास भट्ट र प्रदेशसभा सदस्यद्धय सुनार र रावललाई जनताको समस्या तर्फ ध्यान दिन समेत सर्वसाधारणले आग्रह गरेका छन । निर्र्वाचनको समयमा जनताको घरघरमा खुबै आकासको सपनाको मेडिकल कलेजको एजेण्डा बोक्दै हिँडेका तिनै जना सांसादहरु अहिले महाकालि अञ्चल अस्पतालको हकका काम नगर्ने सांसदको रुपमा समेत परिचित हु्दै गएको स्थानिय हरी ओम महराले बताउनु भएको छ । 
 
कञ्चनपुरका  सर्वसाधारणको प्रत्यक्ष जीवनसंग सरोकार राख्ने महाकाली अञ्चल अस्पताल आफै थला परेको मान्छे जस्तै थलिएको अबस्थामा यस तर्फ ध्यान दिन समेत स्थानिय सेवाग्राही डम्मर भट्टले आग्रह गर्नु भएको छ । अस्तब्यस्त रहेको महाकाली अस्पताल आवश्यक दरबन्दि अनुसारको जनशक्ति नहुँदा रिफर सेन्टरको रुपमा समेत परिचित हुँदै गएको छ ।