ताजा खाबर :

News

image not found

प्रसासन कार्यालय कञ्चनपुरका कर्मचारी भन्छन् “काम गर्न साइत जुराएर आउनु होस्”

रेडियो कञ्चनपुर  
महेन्द्रनगर/चैत्र २२ गते
जिल्ला प्रसासन कार्यालय कञ्चनपुरका कर्मचारीहरुको चरम लापरवाही र मनपरितन्त्रले सेवाग्राही मर्कामा परेका छन ।
 
 कार्यालयमा पुगेका सेवाग्राहीहरुलाई जे पायो ते बोल्ने तथा मनपरि गर्ने प्रवृृतिले सेवाग्राही मर्कामा परेका हुन । जनताको करबाट तलब बुझ्दै आएका जिल्ला प्रसासन कार्यालयका कर्मचारीहरुले मनपरी गर्ने गरेको भन्दै सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन । प्रसासन कार्यालय  कञ्चनपुरका कर्मचारीको अटेर शैली र घमण्डिपूर्ण धम्की व्यवहारले सेवाग्राहीलाई समस्या उत्पन्न भएको सर्वसाधारणको भनाई रहेको छ । 
 
कञ्चनपुरको जिल्ला प्रशासनमा पुगेका सेवाग्राहीसंग कर्मचारीहरुले काम भन्दा परि जुहारी देखाउने गरेको तथा दादागिरी शैलिमा प्रस्तुत हुने गरेको स्थानिय छत्र उपाध्यायले बताउनु भएको छ । प्रसासन कार्यालय कञ्चनपुरमा संस्था दर्ता कामको सिलसिलामा कुरा गर्दा प्रसासनका कर्मचारीले “आज काम हुदैन साइत जुराएर आउनु पर्ने र तपाइले भन्ने वितिक्कै काम गर्दैन,मेरो नाम फलानो हो , म फलानो पदको कर्मचारि हु,जे गर्नु छ गर्नुस” भन्दै धम्क्याएको अर्का सेवाग्राहि चन्द्र भण्डारीले बताउनु भएको छ  ।
 
 जनता संग प्रत्यक्ष सरोकार राख्ने प्रसासनका कर्मचारीको रबैया व्यवहारले  प्रसासन कै सेवा प्रवाहमा प्रश्न उठेको उनिहरुले बताएका छन । सेवाग्राहीको सेवा भन्दा पनि मनपरि व्यवहार  देखाउने जिल्ला प्रसासन कार्यालय कञ्चनपुरका कर्मचारीलाई उचित कारवाही  हुनु पर्ने समेत उनिहरुको माग रहेकोे छ । 
 
कर्मचारीको व्यबस्थापन  तथा परिचालनसंग समेत सरोकार राख्ने निकाय जिल्ला प्रसासन कार्यालय कञ्चनपुर कै कर्मचारीको उदण्ड प्रवृतिले सर्वसाधारणहरु समय समयमा मर्कामा पर्दै आएको सर्बसाधारणको भनाई रहेको छ ।