ताजा खाबर :

News

खाली जग्गा अतिक्रमण प्रमुख चुनौतीःप्रमुख जिल्ला अधिकारी खडका

गोकुल जोशी/रेडियो कञ्चनपुर 

महेन्द्रनगर,चैत्र २४ गते ।

 
कञ्चनपुरमा खाली जग्गा अतिक्रमण, सिमा नाका र दुब्र्यसनिको समस्या चुनौतीको रुपमा रहेको प्रमुख जिल्ला अधिकारी कुमार खडकाले बताउनु भएको छ । 
 
रेडियो कञ्चनपुरको बहस मुलक कार्यक्रम कञ्चनपुर संवादमा कुराकानी गर्दै उहाँले अहिलेको मुख्य चुनौतीका रुपमा खाली जग्गा अतिक्रमण ,सिमा र दुब्र्यसनिको समस्या नै रहेको बताउनु भएको हो । बिभिन्न कारणले गर्दा अहिले कञ्चनपुरको जग्गा तथा सडकहरु अतिक्रमणको चपेटामा परेको उहाँले बताउनु भयो । यस्तै कञ्चनपुर भारतको सिमासंग जोडएको हुनाले सिमा नाका समस्या पनि मुख्य चुनौतीका रुपमा रहेको उहाँको भनाइ रहेको  छ । 
 
खुला नाकाको प्रयोग गरि भारतबाट लागु औषध ओसार पसारमा गरि युवाहरु दुब्र्यसनिमा फसिरहेका छन । बर्षौ  धेरैको संख्यामा युवाहरु दुब्र्यसनिमा फसिरहेको बताउदै उहाँले  दुब्र्यसनिले बिभिन्न अबैध क्रियाकलाप बढेको बताउनु भयो । खाली जग्गा अतिक्रमण, खुल्ला सिमा र दुब्र्यसनिको समस्यालाई हटाउन सके कञ्चनपुर सभ्य र सुरक्षित हुनेमा उहाँले जोड दिनु भएको छ ।
 
 कञ्चनपुरको मुख्य चुनौतीका रुपमा रहेका यि समस्यामा आफुहरु गम्भिर भएर लागि परेको समेत उहाँले बताउनु भयो । एक्लो जिल्ला प्रसासनले लठ्ठी र बलमा केहि गर्न नसक्ने बताउदै उहाले समस्याको समाधानका लागी स्थानिय तहदेखि जनप्रतिनिधिले शशक्त पहल कदमि लिनु पर्नेमा जोड दिनु भएको  छ । 
 
यस्तै बिगतमा भइरहेको बजार अनुगमन अहिले त भइरहेको छैन ? भन्ने प्रश्नमा उहाँले यसका लागी स्थानिय तहसंग छलफल गरिरहेको बताउनु भएको छ । सम्बन्धित सरोकारवाला निकायलाई बजार अनुगमनका लागी घच्घच्याउने काम गरिरहेका बताउदै उहाँले आवश्यक परे आफै नै अनुगमनमा जाने उहाँले बताउनु भयो । यसैबिच उहाँले प्रसासन  कार्यालयले सहज रुपमा छिटो र छरितो तरिकाले सेवा प्रवाह गरिरहेको जिकिर गर्नु भएको छ । 
 
आफुहरुले कार्यालयमा आएका सेवागाह्रीलाई छिटो र सहज रुपले कार्य सम्पादन  गरि पठाउने गरेको उहाँले बताउनु भएको हो । जिल्ला प्रसासन कार्यलय कञ्चनपुरमा आवश्यक कर्मचारी नहुदा पनि आफूहरुको मेहेनतले  सेवागाह्रीलाई छिटो र छरितो तरिकाले सेवा प्रवाह गरिरहेको उहाँले बताउनु भएको हो ।