ताजा खाबर :

News

image not found

स्वर्गिय खड्काको अस्त आज महाकाली नदिमा विसर्जन

रेडियो कञ्चनपुर 

महेन्द्रनगर/चैत्र २६ गते

नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गिय खुम बहादुर खड्काको अस्त आज महाकालि नदिमा बिसर्जन गरीएको छ । 
 
नेपाली कांगेसका नेता कार्यकर्ताको सहभागितामा १० औं दिनको पुण्यतिथिमा नेता खड्काको अस्त आज कञ्चनपुरको महाकालि नजिकमा बिसर्जन गरीएको हो । उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा मृत्यु भएपछि खड्काको पसुपति आर्यघाटमा अन्त्येष्टि गरीएकोे थियो । कञ्चनपुर कांगेस सभापति हरी प्रसाद बोहरा, कैलाली कांग्रेस सभापति नरनारायण साह ,डडेल्धुरा कांगेस सभापति कर्ण मल्ल र डोटि कांग्रेस सभापति प्रदिप देउवा,पुर्ब सासद बलदेब बोहरा,पुर्ब माननिय गंगादत्त जोशि लगायतका अन्य नेता कार्यकर्ताहरुको अस्त बिर्सजन कार्यक्रममा सहभागिता रहेको थियो ।
 
नेता खड्काको निधनले कांगेस लगायत राष्ट्रलाई नै ठुलो क्षति पुगेको कांग्रेस कञ्चनपुर सभापति हरी प्रसाद बोहराले बताउनु भएको छ । नेपाली कांग्रेसका सभापतिहरु र विभिन्न भातृ संगठनका नेताहरुले नेता खड्काको निधनप्रति महाकाली किनारमा श्रद्धाञ्जली समेत व्यक्त गरेको नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहराले जानकारी दिनुभयो । मृगौला, छाती र नसा सम्बन्धी रोग बाट पिडित नेता खडकाको गत चैत्र १६ गते उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएको थियो ।