ताजा खाबर :

News

image not found

लागु औषध दुब्यैसनि, सुरक्षा क्षेत्रको चुनौतीः प्रहरी प्रमुख बिष्ट

गोकुल जोशी/रेडियो कञ्चनपुर 

महेन्द्रनगर,चैत्र २८ गते

कञ्चनपुरमा लागु औषधको दुब्यैसनि, जुवातास र अबैध मदिरा सेवनले सुरक्षा क्षेत्रमा चुनौती निम्तिएको  कञ्चनपुर प्रहरी प्रमुख एसपि डिल्लीराज बिष्टले बताउनु भएको छ ।
 
 रेडियो कञ्चनपुरको बहसमुलक कार्यक्रम कञ्चनपुर संवादमा कुराकानी गर्दै उहाँले कञ्चनपुरको सुरक्षा क्षेत्रमा लागु औषधको दुब्यैसनि, जुवातास र अबैध मदिरा सेवनले चुनौती निम्त्याएकोले आफुहरुले यसको निराकरणको लागी बिभिन्न अभियान सञ्चालन गरिरहेको बताउनु भएको हो । अबैध सवारी साधनले अपराध गर्नमा सहयोग गर्ने बताउदै उहाँले त्यस्ता अबैध सवारी साधन नियन्त्रण गर्नमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर सक्रिय रुपले लागेका बताउनु भयो । 
 
लागु औषध दुब्र्यसनिको समस्यालाई प्रमुख चुनौतीका रुपमा लिएकोले यसलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुर  दुई  तरिकाले  शशक्त रुपमा लागेको छ । कञ्चनपुरको त्रिभुवनबस्ती डोकेबजार देखि महाकालीको कञ्चभोज ,कुतियाकबरसम्म लागु औषध ओसार पोसार गर्ने गिरोहको सञ्जाल फैलिएको बताउदै एसपि बिष्टले  लागु औषध दुब्यर्ससनिलाई निरुत्साहित पार्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सचेनात्मक अभियान र अप्रेसन नै सञ्चालन गरिरहेको बताउनु भएको छ । 
 
यस्तै भारतीय सिमा नाका बनबासामा भारतिय कस्टमले नेपालीलाई दुःख दिने गरेकोे र टाँगा तथा रिक्साले सर्वसाधाराणबाट मनोमानी ढङगले भाँडा असुल गरि रहेको जनगुनासो छ ? भन्ने प्रश्नमा उहाँले भारतीय कस्टमसंग आफुहरु निरन्तर छलफलमा रहेको बताउनु भयो । यसका साथै टाँगा तथा रिक्साले सर्वसाधाराणबाट मनोमानी ढङगले भाँडा असुल गरि रहेको बारेमा भने उहाँले केहि दिन अगाडी छलफल गरि निश्चित भाँडा निर्धारण गर्न निर्देशन दिएको बताउनु भयो । त्यस्तै  कञ्चनपुरमा रहेको मुन्द्रे यातायातले मनोमानी ढङगले भाँडा असुल गरि रहेकोले  मुन्द्रे यातायातलाई पनि अहिले पुर्ण रुपमा बन्द रहेको उहाँको दाबी रहेको छ । 
 
यस्तै कञ्चनपुर प्रहरी प्रमुख बिष्टले अपराधको पाटो रहश्यमय नराख्ने प्रतिबद्धता जनाउनु भएको  छ । कुनै पनि घटनाको अनुसन्धानको पाटोमा कुनै कसुर बाँकी नराखि अनुसन्धान गर्ने  प्रतिबद्धता जनाउनु भएको हो ।अपराधिक क्रियाकलाप नियन्त्रणमा सबैको भुमिको  महत्वपुर्ण हुने भन्दै उहाँले त्यसका लागी आफ्नो  ठाँउबाट सहयोग गर्न आग्रह गर्नृ भयो ।