ताजा खाबर :

News

image not found

‘बिसु’ मनाउन घर फर्कदै कञ्चनपुरका प्रदेशी नेपाली

 

त्रिभुवन भण्डारी/रेडियो कञ्चनपुर 
महेन्द्रनगर,चैत्र २८ गते
रोजगारीको लागि भारत गएका कञ्चनपुर लगायत प्रदेश नम्बर ७ का स्थानीय नयाँ वर्ष अर्थात ‘बिसु’  पर्व नजिकिए संगै घर फर्कने क्रम बढेको छ ।
 
 सीमानाका गड्डाचौकीबाट नेपाल फर्कनेको घुँइचो लागेको सीमा प्रहरीचौकी गड्डाचौकीले जानकारी दिएको  छ । गहुँबाली लगाएर भारततिर रोजगारीमा गएकाहरु पनि विसु पर्व मनाँउनका लागि घर फर्कि रहेका छन । यससंगै नयाँ बर्षको स्वागत गर्दै मनाइने ‘बिसु’  पर्वको रमझमले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरका साथै गाउँहरुमा चहलपहल बढेको छ । नयाँ वर्षको स्वागत र जाने बर्षको बिदाइस्वरुप मनाइने  विसु पर्वको लागी जन्मभुमि फर्कनेको लर्को लागेसंगै चहलपहल बढेको हो । 
 
‘बिसु’ पर्वको तयारी स्वरुप अहिले कञ्चनपुरको गा्रमिण क्षेत्रका  स्थानीय बासिन्दाहरु आफ्नो घर लिपपोत गर्नमा ब्यस्त रहेका छन । यस  पर्वमा महिलाहरु माइती गएर आशिर्वाद थाप्ने चलन समेत रहेको छ । नयाँ वर्षको अवसर पारेर विभिन्न विद्यालय तथा युवा र बाल क्लवहरुले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्दछन् । 
 
बर्षभरीको कामको चटारोलाई बिर्सेर पर्वमा स्थानिय बासिन्दा रमाउने गर्दछन् । धेरैजसोलाई रोजगारीकोे चिन्ताले विसु खल्लो हुने गरेको छ । विसु पर्वमा विस झार्ने भन्दै देवर–भाउजुबीच सिस्नो लगाएर रमाइलो गर्ने गरेको स्थानिय  बुढापाकाहरुको भनाई रहेको छ । बैसाख १ गतेको दिन बिहान झिसमिसे मै उठेर आकाशका तारा हेरेमा बर्षभरी नै सर्प नदेखिने र सर्पले दुःख नदिने जनविश्वास समेत रहि आएको छ ।