ताजा खाबर :

News

लागु औषध सहित ३ जना पक्राउ



गोकुल जोशी 

महेन्द्रनगर/बैशाख ७ गते 


कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १० गड्डाचौकीमा लागु औषध सहित ३ जना पक्राउ परेका छन ।

 गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले भिमदत्त नगरपालिका वडा नं. १० गड्डाचौकी स्थित किसन सिंह पुजाराको होटलमा चेकजाँच गर्दा नाइटे«भेट १० नामक ७१ ट्याब्लेट लागु औषध सहित तिन जना युवा पक्राउ परेका हुन । 

पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ७ का  १६ बर्षका  हेमन्त जोशी तथा उनलाई सहयोग गर्नेे  भिमदत्त नगरपालिका वडा नं. १० बस्ने २१ बर्षका  लक्ष्मण भट्ट र बेदकोट नगरपालिका वडा नं. ९ बस्ने  २२ बर्षका  गणेश बिष्ट रहेका छन । 

 उनिहरुले भारतिय बजारबाट लागु औषध ओसार पोसार गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटिले बताउनु भएको  छ । उनिहरुलाई पक्राउ गरि जिलला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको र घटना बारे थपअनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।