ताजा खाबर :

News

image not found

निर्मला हत्याबारे अनुसन्धान गर्न सह–सचिवको नेतृत्वमा समिति गठन

गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।
 
बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । उनी कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन् ।
 
गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिका अन्य सदस्यहरूमा ३ वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक ९डिआर्इजी० र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि छन् ।
 
बैठकले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमेत परिर्वतन गरेको छ ।
 
पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।
 
बिहीबारै मात्रै आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
साभारः अनलाइन खबर