ताजा खाबर :

News

image not found

निर्मला हत्याकाण्ड ः कञ्चनपुरका सीडिओे, एसपी र डीएसपी फिर्ता बोलाइए

कञ्चनपुर, ७ साउन 
कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा आन्दोलन चर्किरहेका बेला प्रमुल जिल्ला अधिकारीका साथै एसपी र डीएसपीको सरुवा भएको गृहमन्त्रालयले बताएको छ ।
 
गृहमन्त्रालयले जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपी डील्लीराज विष्टलाई फिर्ता बालाउने निर्णय गरेको छ । ‘जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक तथा प्रहरी नयाब उपरीक्षक तत्काल फिर्ता बोलाई निजहरुको स्थानमा नयाँ पदाधिकारीहरु समेत खटाइसकिएको’ गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 
साथै गृहमन्त्रालयले हत्याकाण्डको विषयमा अनुसन्धान तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेशगर्न सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यि उच्चस्तरीय छानविन समितिलाई निर्देशन दिएको छ । आजै छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।
 
साभारः नयाँ पत्रिका