ताजा खाबर :

News

image not found

पत्रकारमाथि कुटपिट गरिएको घटनाप्रति महासंघको आपत्ति

गोकुल जोशी/महेन्द्रनगर
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा निर्मला हत्याकाण्डको आन्दोलन चलिरहेका बेला स्थलगत रिर्पोटिङका क्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा सदस्य तथा रेडियो कञ्चनपुरका स्टेसन मेनेजर कुन्दन पाण्डेय माथि प्रहरीले निर्धात कुटपिट गरेका छ ।  महेन्द्रनगरको गल्ली नम्बर १ बाट रिर्पोटिङ गरिरहेका पत्रकार पाण्डेयले पत्रकार भएको भन्दै परिचय पत्र देखाउदा समेत प्रहरी अपशब्द बोल्दै गालीगलौच तथा कुटपिट गरेका हो । प्रहरीको कुटपिटबाट पत्रकार पाण्डेयको टाउको, खुट्टा र शरीरमा चोृट लागेको छ ।
 
स्थलगत रिर्पोटिङको क्रममा आफुले परिचय पत्र देखाउदा र पत्रकार भएको भन्दा भन्दै पनि हिडिरहेको समयमा  धरपकड गरी  पत्रकारिता कै धज्जी उडाउने गरी गालीगलौच गदै कुटपिट गरेको पत्रकार पाण्डेयले बताउनु भएको छ । आन्दोलनका क्रममा रिर्पोटिङ गर्दै आम सर्बसाधारणलाई सुसुचित गर्ने अधिकार  तथा प्रेस स्वतन्त्रताको खिल्ली उडाउदै प्रहरीको पत्रकार माथिको ज्यादतिले प्रहरीको चरित्र माथि प्रश्न उठेको उहाँको भनाई छ ।
यसैगरी नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले समाचार संकलनका क्रममा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको भन्दै भर्त्सना गरेको छ ।
 
महासंघका अध्यक्ष विष्णु अवस्थीले बिहीबार विज्ञप्ति प्रकासित गरी निर्मला पन्त हत्याकाण्डको समाचार संकलनका क्रममा परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले पत्रकारमाथि कुटपिट र दुर्व्यवहार गरेको जनाएका छन् ।
प्रहरीले महासंघका कञ्चनपुर शाखा सदस्य एवं रेडियो कञ्चनपुरका स्टेशन म्यानेजर कुनदनराज पाण्डे, नेपाल टेलिभिजनका सम्वाददाता पदम बोहरा र पवनदुत यातायातका प्रेस सल्लाहकार महेशराज जोशीलाई कुटपिट गरेको थियो ।
महासंघले निर्वाधरुपमा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको समेत धज्जी उड्ने गरी प्रहरीले गरेको ज्यादतीको छानविन गर्न र दोषिलाई हदैसम्मको कारवाही गर्न माग गरेको छ ।