ताजा खाबर :

News

image not found

लाग्यो आज पनि अनिश्चितकालीन कर्फ्यू !!

रेडियो कञ्चनपुर
महेन्द्रनगर 
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।
 
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरी कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन् ।
निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।
 
आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति हुन सक्ने र शान्ति भंग हुन सक्ने हुनाले कर्फ्यं लगाइएको प्रशासनले जनाएको छ । यस अघि
प्रदर्शनका क्रममा प्रहरीको गोली  लागेर  स्थानीय बालक सन्नी खुनाको मृत्यु भएको थियो । यस्तै   दुर्इ दर्जन स्थानीय घाइते भएका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
 
बालकको मृत्यु भएसँगै आक्रोसित प्रदर्शनकारीहरुले ढुङ्गामुढा गर्दै नगरपालिका घेराउ गरेका थिए  । अझै घटनाको थप विवरण आउन बाँकी छ । आन्दोलनमा महाकाली अञ्चल अस्पतालले बालकको मृत्यु भएको घोषणा गरेसँगै आन्दोलनकारीले शव लिएर थप प्रदर्शन गरेका छन् ।
प्रहरीले पन्तको बलात्कारपछि हत्या आरोपमा नक्कली आरोपीलार्इ प्रकाउ गरेको भन्दै केही दिन यता आन्दोलनमा चर्किएको हो । आन्दोलनमा प्रहरीले अश्रुग्याँस, लाठीचार्ज गर्दै दमन गरे पनि हिजोदेखि गोली चलाएको थियो । प्रहरीको गोलीबाट अहिलेसम्म दर्जनौ सर्वसाधरण घाइते भएका छन् ।