ताजा खाबर :

News

image not found

अलस्टार युवा क्लब द्धारा आयोजित खुल्ला फुटबल प्रतियोगिता २०७५ को आज उद्धघाटन

बिकाश सिंह महता 
 
 कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको अलस्टार युवा क्लब द्धारा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७५ को आज शुक्रबार उद्धघाटन भएको छ।

सुदूरपश्चिमको महान चाड गौरा पर्वको उपलक्ष्यमा खुल्ला फुटबल प्रतियोगिता संचालन गर्न लागेको हि। बिगत ७ वर्ष देखि अलस्टार युवा क्लब द्धारा आयोजना गर्दै आएको प्रतियोगितामा यो वर्ष बहिरका २० टिमको सहभागिता रहेको छ भने आयोजकको ३ टिम गरि जम्मा २३ टिम बिच प्रतिस्पर्धा हुने आयोजनाक क्लबका अध्यक्ष चेत बहादुर शाहले बताए।

प्रतियोगिता भाद्र १५ गते देखि सुरु भएको छ। समूह 'A' र 'B' मा बिभाजन गरिएको छ । खेल नकाउट आधारमा खेल संचालन हुने छ । प्रतियोगितामा बिजेता हुने टिमले नगद ३० हजार ट्रफी प्रमाणपत्र मेडल र उपबिजेता ले नगद १५ हजार ट्रफी प्रमाणपत्र मेडल हात पर्ने खेल संयोजक कृष्ण शाहले बताए। उनले खेलकुद बिकासका लागि र फुटबल क्षेत्रलाई निरन्तर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए । आज उद्धघाट खेल मल्टी स्टार युवा क्लब बेल्डाँडी –२ र महाकाली युवा क्लब बेल्डाँडी –५ झिलमिल बिच दिउसो ३ बजे खेल संचालन हुने छ।