ताजा खाबर :

News

image not found

मल्टिस्टार युवा क्लबको विजय सुरुवात र आज चार खेल हुने

–बिकाश सिंह महता
कञ्चनपुर  
 
कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा सुदूरपश्चिमको महान चाड गौरा पर्वको उपलक्ष्यमा अलस्टार युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७५ मा मल्टिस्टार युवा क्लब बेल्डाँडिले विजय सुरुवात संगै शनिबार चार खेल हुने छन।
 
शुक्रबार भएको मल्टिस्टार युवा क्लब बेल्डाँडी(२ र महाकाली युवा क्लब बिच भएको उद्धघाटन खेलमा ४/१ गोल अन्तरले महाकाली युवा क्लब पराजित संगै प्रतियोगिता बाट  बाहिरिएको छ। 
यसरी दोस्रो दिन शनिबार चार खेल हुने खेल संयोजक कृष्ण शाहले बताएका छन। उनका अनुसार पहिले खेल बिहान ८ बजे युएसबी एकेडेमी बेल्डाँडी (२ र सगरमाथा सेमिब्याइज बेलौरी न.पा शिबनगर , दोस्रो खेल बिहान १० बजे युएसबी फुटबलर बेल्डाँडी-२ र शुक्लाफाटा युवा क्लब बेल्डाँडी गा.पा झिलमिला, सो दिनको तेस्रो खप्तड युवा समाज बेल्डाँडी -३ खैरिघाट र बेलौरी ना.पा शिङ्पुर बिच दिउँसो १ बजे हुने छ भने उक्त दिनको अन्तिम वा चौथो खेल कञ्चन समाज भि.न.पा ६ महेन्द्रनगर र आर एम ए बे.न.पा बेलौरी बिच दिउँसो ३ बजे रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल हुने छन।