ताजा खाबर :

News

image not found

बेल्डाँडिमा आयोजना फुटबल प्रतियोगितामा युएसबी बेल्डाँडी र बेलौरी बिजय

-बिकाश सिंह महता 
 
कञ्चनपुरको दक्षिणी क्षेत्रमा बेल्डाँडिमा संचालन हुँदै गरेको पुरुष खुल्ला फुटबल प्रतियोगिता २०७५ को दोस्रो दिनको खेलमा युएसबी बेल्डाँडी र बेलौरी बिजय भएका छन ।
 
शनिबार भएका पहिलो खेल युएसबी एकेडेमी र सगरमाथा ब्याइजमा युएसबी एकेडेमी २/१ गोल ले बिजय , दोस्रो खेलमा युएसबी फुटबलर र शुक्लाफाटा युवा क्लब बिचको खेलमा ३/० ले युएसबी बिजय बिजय भएक थियो भने तेस्रो खेल बेलौरी न.पा ७ सिङ्पुर र खप्तड युवा समाजमा बेलौरी न.पा.७  ६/० ले जित निकालेको हो उक्त दिनको अन्तिम खेल कञ्चन समाज महेन्द्रनगर र आर एम ए बेलौरी बिच भएको रोमाञ्चक खेलमा निर्धारित समयमा २/२ को बराबरी भएको थियो भने इन्जुरी समयको आफ पछि आर एम ए ले थप गोल गर्दै ३/२ गोल अन्तरले आर एम ए बेलौरी बिजय भएको छ।
 
यो संगै आइतबार चार खेलहुने खेल हुने खेल संयोजक कृष्ण बहादुर शाहीले बताएका छन । उनका अनुसार पहिलो खेल त्रीशुली युवा क्लब बेल्डाँडी र सरस्वती युवा क्लब डुंगा बिच बिहान ८ बजे हुने छ , दोस्रो खेल एसएसएस डि सि सुन्दरपुर र बुटावरी युवा क्लब बुटावरी बिहान १० बजे ,सो दिनको तेस्रो खेल डु एण्ड डाई र प्रगती युवा क्लब बेल्डाँडी १ बिच दिउँसो १ बजे र उक्त दिनको अन्तिम खेल चारपाते युवा क्लब भुली र महाकाली एडभाइन्जर युवा क्लब बैशाखी बिच दिउँसो ३ बजे खेल हुने छ ।
 
सुदूरपश्चिमोलिहरुको महान् चाड गौरा पर्वको उपलक्ष्यमा अलस्टार युवा क्लब बेल्डाँडी -१ द्धारा आयोजना गरेको खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७५ भाद्र १५ गते देखि २१ गते सम्म संचालन हुने खेल संयोजक शाहिले बताए।