ताजा खाबर :

News

image not found

तेस्रो दिनका खेलमा चार टिम बिजय, क्वाटर फाइनल खेल सोमबार देखि

-बिकाश सिंह महता
 
कञ्चनपुरको दक्षिणी क्षेत्रमा आयोजित तेस्रो दिनका खेलामा चार टिम बिजय भएका छन भने क्वाटर फाइनल खेल दिउँसो तीन बजे देखि सुरु हुने छन् ।
 
सुदूरपश्चिमको महान चाड गौरा पर्वको उपलक्ष्यमा अलस्टार युवा क्लब बेल्डाँडी द्धारा खुला पुरुष फुटबल प्रतियोगिताको २०७५ को तेसो दिनको पहिलो खेलमा त्रीशुली युवा समाज बेल्डाँडी र सरस्वती युवा क्लब डुंगा बिच भएको खेलमा त्रीशुली १/० ले जित निकालेको छ ,दोस्रो खेल एस एस एस डि सि सुन्दरपुर र दिब्य ज्योति युवा क्लब बुटावरीमा एस एस एस डिसि ४/० गोलले बिजय ,सो दिनको तेस्रो डु एण्ड डाई बेल्डाँडी र प्रगती युवा क्लब बेल्डाँडी-१ बिचको खेलमा १/० गोलले डु एण्ड डाई जित निकालेको छ र उक्त दिनको चौथो वा अन्तिम खेल चारपाते युवा क्लब देखतभुली र महाकाली एण्डभाईन्जर बैशाखी बिचको खेलमा चारपाते देखतभुलिले वाक औभर संगै आफ्नो पहिलो जित दर्ता गरेको छ।
सोमबार १८ गते पहिलो खेल आलस्टार युवा क्लब "ए" र आर्दश युवा क्लब शिमलडाडी बिछ बिहान ८ बजे, दोस्रो खेल खिरिया युवा क्लब बेलौरी र एम्बिसन युवा क्लब बेल्डाँडी बैबाह बिच १० बजे हुनुका साथै पहिलो चरणका खेल सकिनुका साथै क्वाटर फाइनल खेल सुरु हुने खेल संयोजक कृष्ण बहादुर शाहीले बताएका छन। उनका अनुसार क्वाटर फाइनलको पहिलो खेल मल्टिस्टार युवा क्लब बेल्डाँडी-२ र युएसबी एकेडेमी बिछ दिउँसो १ बजे हुने छ भने दोस्रो खेल अलस्टार युवा क्लब "बि" र डु एण्ड डाई बिच चार बजे खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने छन।
 
गौरा पर्वको रोनक संगै फुटबल रोमाञ्चक प्रतिस्पर्धात्मक रुपमा सोमबार देखि सुरु हुनुका साथै गौरा देबि महेश्वरीले हरेक साल झै यो सालमा पनि भब्यता साथ मेलाको लाग्ने छ । उक्त गौरा मेला १८ देखि २१ गते सम्म संचालन हुने गौरा मन्दिर समितिले बताएका छन। उक्त मेलामा स्टलहरुको व्यवस्था संगै दोकान र खानेकुराका प्रकार स्टलहरुमा रहने छन।