ताजा खाबर :

News

image not found

बेल्डाँडिमा हातिको आतंक, किसान मर्कामा

 
 
रेडियो कञ्चनपुर 
महेन्द्रनगर / भाद्र २०
 
 
बेल्डाँडिमा हातिको आतंक संगै किसान मर्कामा परेका छन।
 
मंगलबार राती १२ बजे आएका हातिको बथान संगै आएका १२/१२ हातिहरुले बेल्डाँडी गाउंपालिका वडा।१ कालिका स्थित दोकट्ट्मा मान बहादुर चौधरीको पाक्न र भित्राउने बेलामा ७ कट्टाको पुरै धान क्षेति सकाप पारेको छ।
 
पिडित पक्षलाई गाउपालिका र ललरे डाँडा पोस्टको पहलमा मजगाउँ जानकारी गरि केही राहात दिनको लागि पहल गर्ने गाउपालिका वडा।१ अध्यक्ष अम्मर बहादुर खत्रीले बताएका छन। उनका अनुसार आगामी दिनका लागि गाउपालिकाले पटकाको र शुक्लाफाँटा निकुञ्जले दाउराको व्यवस्था गर्ने बताए। वडा देखि निकुञ्ज नजिक रहेका बस्तीमा रहेका सडकमा  बत्ति जडान गर्ने अध्यक्ष खत्रीले आश्वासन दिएका छन। यसरी देव दत्त भट्ट्को पनि नपाकेको धानहरु पनि क्षेती गरेको र अलस्टार युवा क्लबको युवाहरुका पहलमा हात्तीहरु लखेटेर व्यवस्थापन संगै सहजीकरण गरेको स्थानीय युवा बम बहादुर कुवर ले बताएका छन।
 
स्थानीय निकाय निकुञ्जको तर्फबाट एकता मत नभएको हुदा स्थानीय किसान हरु मर्कामा परेका स्थानीय बासिको बताए। यसरी बेला बेलामा आश्वासन दिने गरेको र कुनै चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ।