ताजा खाबर :

News

image not found

बेल्डाँडी गौरादेवी महेश्वरी मन्दिर समिति द्धारा देउडीया लाई सम्मान !

-बिकाश सिंह महता
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको गौरादेवी महेश्वरी मन्दिर समिति द्धारा देउडिया लाई सम्मान गरेका छन् ।
 
सुदूरपश्चिमेलिहरुको ऎतिहासिक महान चाँड गौरा पर्वको उपलक्ष्यमा मन्दिर समितीले ०७५ भाद्र १८ देखि २०७५भाद्र २१ गते सम्म संचालन भएको मेलाको उपलक्ष्यमा  देउडा कार्यक्रम लाई सु(सम्पन्न गर्न अतुलनीय योगदान पुर्याएको हुदाँ देउडिया सम्मान कार्यक्रम सम्पन्न भएको छ।
 
देउडिया सम्मान हुनेमा पुरुष तर्फबाट चेत बहादुर शाह,लाल बहादुर सिंह, अर्जुन बहादुर सिंह,दिपक राज भट्ट ,पदम राज जोशी र दिपक कोइराला रहेका छन भने महिला तर्फ जसु देवि भट्ट ,धर्मा धामी,ओजु थापा र बसन्ती दमाई लाई सम्मान गरेका छन। यो संगै नारु देवि कार्की ,सुना देवि कार्की , पुजारी केशव दत्त जोशी , बिरभान भट्ट ूधामीू र मनोरथ भट्ट का साथै संघसंस्था तर्फबाट बेल्डाँडी गाउँपालिका कार्यालय ,वडा न।१ को कार्यालय बेल्डाँडी ,शुक्लाफाटा राष्ट्रिय निकुञ्ज बेल्डाँडी पोष्ट ,कञ्चनपुर डेभलपमेन्ट बैंक शाखा बेल्डाँडी र सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलौरी न।पा(१० कलकत्ता ले आर्थिक ,भौतिक तथा नैतिक रुपमा मन्दिर समिती लाई पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै मन्दिर समितीले सम्मान गरेको छ।
 
उक्त देउडिया सम्मान कार्यक्रमका धर्म राज भट्टको सभापति रहेको थियो भने प्रमुख अतिथी बेल्डाँडी गाउँपालिका वाड न।१ का वार्ड अध्यक्ष अ्म्मर बहादुर खत्री रहेका थिए कार्यक्रमका विशिष्ट अतिथि वार्ड न।१ का सदस्य शंकर भट्ट ,समाजसेवी बुद्धिजीवी लोकराज ओझा र युवा समाजसेवी बुद्धिजीवी जनक सिंह धामी का साथै दिपक राज भट्टले कार्यक्रम संचालन गरेका थिए।