ताजा खाबर :

News

image not found

बेलडांडीमा ३ दिने माकुरा समूह क्षमता विकास तथा नेतृत्व हस्तान्तरण तालिम शुरु

-विमल धामी
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडांडी गाउँपालिकाको बैवाहमा ३ दिने माकुरा समूह क्षमता विकास तथा नेतृत्व हस्तान्तरण तालिम सनिवार एक कार्यक्रमका विच उदघाटन भएको छ ।
प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल, पश्चिम क्षेत्र कञ्चनपुरको आयोजनामा प्राकृतिक द्धन्द्ध अन्त्य गर्न माकुरा समूह क्षमता विकास तथा हस्तान्तरण तालिम आयोजना गरेको प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रका स्रोत ब्याक्ति धर्मानन्द पन्तले जानकारी गराउनु भयो । उनका अनुसार “दिगो शान्तिका लागि उन्नत सम्वन्ध भन्ने मुल नाराका साथ द्धन्द्ध न्युनिकर गर्ने संस्थाको उदेश्य रहेको बताए ।”
 
बेलडांडी गाउँपालिका भित्र पर्ने किसान मध्यवर्ती सामुदयिक बन र स्थानीय वासिन्दा विच जमिनको विवादलाई लिएर लगभग १ दशक पुरानो विवाद चुलेको थियो । उक्त विवादलाई मेलमिलापको तवरले सामाधन गर्न तालिम दिईन लागेको आयोजनकले जानकारी गराउनु भयो ।
बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाको प्रमुख आतिथ्यमा बेनेर पढेर कार्यक्रमको उदघाटन गरिएको थियो भने कार्यक्रमको सभापतित्व सोहि संस्थाका सहजकर्ता लक्ष्मी साउदले गर्नु भएको थियो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, बुद्धिजीवी समाजसेवी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो । सो कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन आउने स्थानीयहरुको बुझाई रहेको छ ।