ताजा खाबर :

News

image not found

जुवा खेल्ने १५ जना पक्राउ, डेढ लाख रुपैयाँ बरामद !

 
गोकुल जोशी
महेन्द्रनगर/ असोज ८
 
कञ्चनपुरको विभिन्न ठाँउबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका ५ बनखेतबाट ६ जनालाई तथा भीमदत्त नगरपालिका २ बाट ९ जनालाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले बताएको छ।
 
 
सोमवार भीमदत्त नगरपालिका ५ बनखेतको हाई वे फास्ट फुड होटलमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
 
पक्राउ पर्नेहरुमा होटल सञ्चालकसहित भीमदत्त नगरपालिकाका डम्बर भट्ट, रघुनाथ भट्ट, महेश ठगुन्ना, निरज चन्द र केशब भट्ट रहेका छन्।
 
उनीहरुको साथबाट ७७ हजार पाँच सय ३० रुपैयाँ पनि बरामद गरिएको कञ्चनपुर प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिए। उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए।
 
यस्तै भीमदत्त नगरपालिका २ शान्ति टोलबाट पनि ९ जनालाई नियन्त्रणमा लिइएको छ। स्थानीय माया चौधरीकोे पसलमा जुवा, तास खेली रहेका ९ जनालाई पक्राउ गरेको हो। जुवा खेली रहेको स्थानबाट ७५ हजार ४ सय ५० रुपैयाँ पनि बरामद गरेको प्रहरी नायव उपरीक्षक ओझाले बताए।
 
उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको पनि उनले बताए।