ताजा खाबर :

News

image not found

नगर स्तरीय एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न

 
धर्मराज भट्ट,
जोगबुडा, असोज २५
परशुराम नगरपालिकाको आयोजनामा बहुक्षेत्रिय पोषण कार्यक्रमको नगर स्तरीय एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । 
 न्यू पूर्णिमा होटेल एण्ड लजमा सम्पन्न भएको उक्त र्काक्रमको परशुराम नगरपालिकाका नगरप्रमुख भिम बहादुर साउँदले अध्यक्षता ग्रहण गर्नुभएको थियो । आर्थिक बर्ष २०७५–७६ का योजनाहरु सम्पन्न गर्नका लागि ७४ – ७५ मा भएका कमजोरीहरुलाइृ सुधार्नुपर्ने धारणा राखिएको थियो । यस अघिको कार्यक्रमप्रति सम्पूर्ण जनप्रतिनीधहिरुले असन्तोष पनि ब्यक्त गरेका छन ।
 
करेसाबारी र कुखुरा पालन गर्नका लागि तालिम दिने , अनुगमन गर्ने वाल पेन्टीङ र हाडिङवोर्ड राख्नुपर्ने कामहरु बिधिबत् रुपमा गर्नुपर्ने भएतापनि केही वडाहरुमा काम भएको तर ती वडाहरुमा पनि रकम आफ्नो हात पार्ने किसिले काम गरेको पाईएको र यातायातको सुबिधा नभएको ठाउँमा पनि पुग्नुपर्ने भएतापनि सेवा र सुबिधाको भोकले नजाने गलत प्रबृति यथावत् रहेको परशुराम नगरपालिका वडा नं ११ का वडा अध्यक्ष मान बहादुर महराले जानकारी दिनुभयो । भने यता परशुराम नगरपालिकाका कानुनी सल्लाहकार गोबिन्द राज जोशीले भने पूर्ण रुपमा अनुगमन भएको दाबी गरेका छन् ।
 
नाम र लिस्टको भरमा भन्दापनि परिवारको अबस्था जाँच गरि कुन परिवारलाई दिन उपयुक्त छ भनि किट्नुपर्ने सुझाब र्दिएको छ । कार्यक्रमबाटै सम्बन्धति बजेटको खेस्रा समेत तयार परिएको छ ।
 
जसअन्तरगत कुल बजेट ३२ लाख ३६ हजारमध्ये कृषि , पशु र शिक्षाको क्षेत्रमा समान ४–४ लाख , महिला र सरसफाईको क्षेत्रकामा सामान ३–३ लाख र नगरपालिकाको १४ लाख ३६ हजारमध्ये २ लाख स्वास्थ्यको क्षेत्रमा र ३६ हजार स्वंसेबकको क्षेत्रमा खर्च गर्नेगरि योजना बनार्यएको छ । यी योजनाका बजेटहरु पूर्बतयारीका रुपमा भएकाले आवश्यकताअनुसार थपघट गर्न सकिने परशुराम नगरपालिकाका नगरप्रमुख भिम बहादुर साउँदले जानकारी दिनुभयो ।