ताजा खाबर :

News

image not found

पश्चिमी सिमानाका गड्डाचौकीमा प्रहरीको ‘कुकुर’ परिचालन !!

गोकुल जोशी 
महेन्द्रनगर/ असोज २८
 
दशैँ–तिहारको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पश्चिमी सिमानाका गड्डाचौकीमा तालिम प्राप्त ‘कुकुर’ परिचालन गरेको छ।
 
सीमा क्षेत्रमा अपराधिक घटना हुन नदिन आईतवारदेखि तालिमप्राप्त ‘कुकुर’ परिचालन गरिएको हो। भारतबाट अवैध सामान नेपाल भित्रिन सक्ने सम्भावना भएकोले यस वर्षदेखि दशैँ– तिहारको समयमा ‘कुकुर’ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए।
 
तिहारका बेला भारतबाट पटाकाजन्य विभिन्न किसिमका विष्फोटक पदार्थ ल्याउन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सिमा नाकामा ‘कुकुर’ परिचालन गरिएको उनले बताए।
गरिएको कुकुरले नेपाल भित्रिरहेकाहरुको झोला र सामान चेकजाँच गर्न थालेको छ। प्रहरीले सिमानाकामा तालिम प्राप्त कुकुर परिचालन गरेसँगै सबैको समान खोलेर चेक गर्नुपर्ने बाध्यता हटेको छ।
 
कुकुर परिचालनका लागि दुई जना प्रहरी खटिएका छन्। कञ्चनपुरमा कुकुरको स्पेशल सुत्ने व्यवस्था नभएकाले उनीहरुले कुकुरलाई आफैसँगै सुताउने गरेका छन्। यसअघि दशैँ–तिहारलाई मध्यनजर गर्दै कञ्चनपुर प्रहरीले दशैँदेखि छठसम्मको सुरक्षा योजना सार्वजनिक गरेको थियो।
 
जसमा सीमा क्षेत्रलाई संवेदनशील मानी तालिमप्राप्त कुकुर ल्याउने बताएको थियो। दशैँ–तिहार सुरु भएसँगै रोजगारीका लागि भारतको बिभिन्न ठाँउमा गएका नेपालीहरु पश्चिमी सिमानाका गड्डाचौकीमा भएर फर्किरहेका छन। अहिले सीमा नाकामा दशैँ, तिहार मनाउन घर फर्किनेहरुको निकै ठूलो लर्को लागेको देखिन्छ। भारतमा रोजगारी गरी चाडपर्वको खर्च जुटाएर उनीहरु आफ्नो सरसमानसहित स्वदेश फर्किरहेका छन्।
 
दैनिक जसो पाँच सय भन्दा बढी नेपालीहरु स्वदेश भित्रिरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जानकारी दिएको छ।