ताजा खाबर :

News

image not found

‘निर्मलाका बुबाको हत्या गर्ने षडयन्त्र गरियो !’

रेडियो संवाददाता
महेन्द्रनगर, मंसिर ८
 
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तका बुवा यज्ञराजको हत्या गर्ने प्रपञ्च रचिएको अधिकारकर्मीहरुले बताएका छन्।
 
शनिवार पत्रकार सम्मेलन गर्दै अधिकारकर्मी माया नेगीले न्यायको खोजीमा धर्नामा रहेका निर्मलाका बुवाको हत्या गर्ने प्रपञ्च रचिएको बताएकी हुन।
 
यज्ञराजले अस्वभाविक व्यवहार गर्न सुरु गरेको दिन उनको खल्तीमा विषादी पदार्थ भेटिएको उनले बताईन्। ‘दिनरात धर्नामा बसेका यज्ञराजको गोजीमा कहाँबाट विष आयो, कसले बजारबाट किनदियो, किन धर्ना स्थलमा विषादी ल्याईयो, यस विषयमा खोजी हुनुपर्ने अधिकारकर्मी नेगीको माग छ।
 
यस्तै दवावमुलक सघर्ष समितिका एक सदस्य भुवनेश्वरी रावलले कसैले खानामा विषादी हालिदिएका कारण निर्मलाका बुवा बहकिएको दावि गरिन्। २४ सै घण्टा धर्नामा रहेका यज्ञराजको गोजीमा कहाँबाट कसले विषादी ल्याईदिएको भन्दै हत्या गर्नका लागि कसैले यस्तो गरेको हुनसक्ने उनको भनाई छ।
 
अधिकारकर्मीहरुले धर्नामा बसालेर यज्ञराजलाई मार्ने प्रपञ्च रचेर कञ्चनपुरलाई फेरि रणभूमितर्फ उन्मुख गराउने षड्यन्त्र रहेको ठहर गरेका छन्।
 
निर्मलाको न्यायका लागि शुरुवातदेखि संघर्षरत अधिकारकर्मी लक्ष्मी मल्लले निर्मलाका बाबु यज्ञराज खल्तीमा मुसा मार्ने औषधी भेटाएको बताईन्। उनले निर्मलाका बाबुले केही दिन पहिला आफुहरुलाई मुसा मार्ने विषादी देखाएको बताउँदै उक्त औषधी खोलेर जलाईदिएको बताईन्। विषादी भेटिएपछि घटना अन्तै मोड्न खोजिएको स्थानीयहरुको बुझाइ छ।