ताजा खाबर :

News

image not found

कञ्चनपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु !

रेडियो कञ्चनपुर
महेन्द्रनगर, मंसिर ९
कञ्चनपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
 
आइतबार दिउँसो पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको भाँसीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बेलौरी नगरपालिका–१०, भुडाका श्रवणकुमार चौधरीको मृत्यु भएको हो। 
 
महेन्द्रनगरदेखि से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा घर गईरहेका बेला महेन्द्रनगरतर्फ आइरहेको बसको ठक्कर दिएको कञ्चनपुर प्रहरीले जनाएको छ। 
ठक्कर दिएर बस भागेकोले बसको नम्बर पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ।
 
दुर्घटनामा परेका चौधरीलाई स्थानीय र प्रहरीले उद्धार गरी महाकाली अञ्चल अस्पताल पु(याउनु अगाडि नै मृत्यु भएको थियो।
 
उनको शवलाई अहिले महाकाली अञ्चल अस्पतालमा राखिएको छ। बस र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।