ताजा खाबर :

News

image not found

निर्मलाको परिवारप्रति ऐक्यवद्धता जनाउन डा. केसी कञ्चनपुरमा

संवाददाता 
महेन्द्रनगर, मंसिर ११
 
निर्मला पन्तको न्यायको खोजीमा उनको परिवारले सुरु गरेको अनिश्चितकालिन धर्नाप्रति डा। गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन्।
 
मङगलवार कञ्चनपुर आएका डा केसीले धर्नास्थल जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धार पुगेर ऐक्यबद्धता जनाएका हुन्। गत कार्तिक २५ गतेदेखि छोरीको न्यायको खोजीमा निर्मलाको परिवार अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेको छ।
 
डा।केसीले राजधानीबाट हिजो मात्रै सरकारले अगामी पुस २ गते भित्र निर्मलाका हत्यारा सार्वजनिक नगरिए आमरण अनसन बस्ने चेतावनी दिएका थिए। चिकित्सा शिक्षाका लागि आन्दोलन गर्दै आएको बरिष्ठ प्राध्यापक डा। केसीले निर्मलाको न्यायलाई पनि मुख्य मुद्दा बनाएका छन्।
 
घटना घटेको चार महिना भै सक्दा पनि न्याय नपाउँदा निर्मलाका बुवा यज्ञराजको मानसिक स्वास्थ्यमा समस्या देखिएकाले उपचारका लागि काठमाडौं लगिएको छ। उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
 
यता निर्मलाकी कान्छी आमाले धर्नालाई निरन्तरता दिएकी छन्। निर्मलाको न्यायको लागि दबाव स्वरुप जारी अनिश्चितकालिन धर्नास्थल पुगेर प्राडा केसीले धर्नामा ऐक्यबद्धता जनाउनुका साथै निर्मलाका कान्छी आमासँग भेट पनि गरेका हुन्।
 
भेटका क्रममा उनले निर्मलाले न्याय पाउने आशा व्यक्त गरे। यसको लागि आफ्नो क्षेत्रबाट हुने सहयोग गर्न तयार रहेको उनले सुनाए। निर्मलाकी कान्छी आमा लक्ष्मीले घटना घटेको चार महिना भैसक्दा पनि न्याय नपाएको बन्दै डा। केसी सामु बिलौना गरेकी थिइन्।
 
यस्तै, डा।केसीले सरकारले अपराधीलाई कारबाही गर्नुको साटो ढाकछोप गर्नमा लागि परेको आरोप लगाएका छन्। महेन्द्रनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले निर्मलालाई न्याय दिनुको साटो अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाए।
 
सोह्रौं पटकको आमरण अनसनको तयारीमा समेत रहेका डा। केसीले सरकारलाई बलात्कारीको मतियारको संज्ञा पनि दिए। सरकारले घटनाको सत्य, तथ्य सार्वजनिक नगर्नुमा कतै अपराधी सरकारकै मतियार त होइनन् भनि शंका व्यक्त गरे।
 
घटनाको प्रमाण नष्ट गर्ने प्रहरीलाई अहिलेसम्म कानुनको दायरामा नल्याएकाले यसबाट सरकार हत्यारा संरक्षणमा लागेको प्रष्ट हुने तर्क गरे। निर्मलाका बुवाको मानसिक अवस्थामा बिग्रनुमा सरकार प्रमुख दोषी रहेको उनले जिकिर गरेका छन्।
 
गत साउन १० गते ‘होमवर्क’ गर्न साथीको घर गएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा अर्को दिन उखुबारीमा शव भेटिएको थियो। घटना भएको चार महिना पुरा भएको छ, तर अहिलेसम्म पनि अपराधीको पहिचान हुन सकेको छैन।